उच्च पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम- अनुसन्धान
एजेन्सी । उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने पाइएको हो ।
अमेरिकी पत्रिका वासिङ्टन पोष्टले सो अध्ययनको समाचार प्रकाशित गरेको छ । उक्त समाचारअनुसार यस अध्ययनमा अष्ट्रेलिया, बोलिभिया, क्यानाडा र स्वीट्जरल्याण्डका अनुसन्धानदाताहरुले सो अनुसन्धान गरेका हुन् ।
उनीहरुले बोलिभिया, इक्वेडर र तिब्बतको अध्ययन गरेका थिए । सो अनुसन्धानबाट समुद्री सतहबाट कम उचाइमा रहेका ती अरु देशको तुलनामा तिब्बतका मानिसमा कोरोनाको प्रकोप कम रहेको पाइएको हो । तिब्बत उच्च हिमाली क्षेत्रमा पर्दछ । अन्यत्रको तुलनामा तिब्बतका नागरिकमा संक्रमणको दरमा तीन गुणाले कमी पाइएको छ ।
उनीहरुले मार्च २३ देखि अप्रिल ३ सम्मका समुद्री सतहबाट कम उचाइमा रहेका सहरहरु र तिब्बत तथा यस्तै उच्च पहाडी इलाकाका सहरका ४ लाख २० हजार स्थानीय नागरिकसँगको अन्तरवार्ताबाट यो तथ्य पत्ता लगाएका हुन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै