बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विभिन्न जिल्लाका सिडिओको सरुवा, को कहाँ ? (सूचीसहित)

सोमबार, १९ जेठ २०७७, १५ : ०४
सोमबार, १९ जेठ २०७७

काठमाडौँ । गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ ।

आइतबारको मन्त्रीस्तरीय निर्णयअनुसार ४४ कर्मचारीको सरुवा, काज तथा पदस्थापन गरिएको जारी सूचीमा उल्लेख गरिएको छ । जसमध्ये १३ सिडिओको सरुवा भएको हो । 

जिल्ला प्रशासन कार्यालय पाल्पाको सिडिओ रहेका यादव सुवेदीको गृह मन्त्रालयमा सरुवा भएको छ । यस्तै रमेश न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय पाल्पा सरुवा गरिएको छ । 

जिल्ला प्रशासन कार्याल्य डोटीका सिडिओ रहेका टेकनारायाण पौडेललाई अध्यागम विभागमा सरुवा गरिएको छ । डिल्लीबजार कारागारका जेलर अरुण पोखरेललाई सहायक सिडिओको जिम्मेवारी दिएर जिल्ला प्रशासन कार्यालय उदयपुर पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप