थप २५ जना कोरोना निको भएर घर फर्किए
बुटवल । भैरहवास्थित भीम अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालबाट २५ जना कोरोना संक्रमित निको भएर आज डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेहरुमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५, गैडहवा गाउँपालिकाका १०, सिद्धार्थनगर नगरपालिकाका १, कपिलवस्तु जिल्लाका ५, नवलपरासीका ३ र भारतका १ जना रहेका छन् ।
डिस्चार्ज भएकालाई प्रदेश ५ सरकारको सामाजिक विकासमन्त्री सुर्दशन बराल, प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मासहित अस्पतालका स्वास्थ्यकर्मीहरुले खादा ओढाएर तथा पुष्पगुच्छा दिएर विदाइ गरे ।
अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालका अनुसार निको भएर डिस्चार्ज हुनेहरु ४ वर्षदेखि ५० वर्ष उमेरका छन् । उनीहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ भएपछि डिस्चार्ज गरिएको हो ।
लेभल वान कोभिड–१९ को रुपमा रहेको भीम अस्पतालको आइसोलेशन कक्षमा ५ वटा आइसीयू र २ वटा भेन्टीलेटरसहितको २७ बेड रहेका छन् ।
सो अवसरमा बोल्दै सामाजिक विकासमन्त्री बरालले कोरोना संक्रमित ब्रिामीलाई निको पार्न खट्ने अस्पतालका मेसु, अस्पताल प्रशासन, डाक्टर र नर्सलाई धन्यवाद दिए । प्रदेश ५ मा कोरोना संक्रमण निरन्तर बढ्दै गइरहेकोले आइसोलेशन सेन्टरलाई विस्तार गर्ने काम भइरहेको पनि उनले बताए । उनले अधिकांश कोरोना संक्रमितहरु लक्षण बिनाको पाइएको पनि बताए ।
प्रदेश ५ मा ३५ हजार बढी नागरिकहरु क्वारेन्टिनमा रहेको मन्त्री बरालले जानकारी दिए । यसअघि आइतबार साँझ बुटवलको कोरोना अस्पतालबाट पनि रुपन्देही र कपिलबस्तुका ४ जना डिस्चार्ज भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल