कर्णालीमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९८ पुग्यो
सोमबार, १९ जेठ २०७७, १३ : ५६
-उपेन्द्र न्यौपाने
कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना पोजेटिभ देखिएपछि संक्रमितको संख्या १ सय ९८ पुगेको छ। बितेको २४ घण्टामा कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी थप ७० जनामा संक्रमण पुष्टि भएको हो।
सोमबारसम्म दैलेखका ८९, सल्यान ३५, सुर्खेतका ३४, जुम्ला १९, कालिकोटका १८ तथा मुगु, बाजुरा र वझाङ जिल्लाका १–१ जना गरी कूल १ सय ९८ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक मन्त्रालय जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए ।
उनका अनुसार दैलेखमा शनिबार १ जनाको मृत्यु भएपनि अरु संक्रमितको अवस्था सामान्य रहेको छ।
संक्रमित सवै भारतमा रोजगारी गरेर फर्किएकाहरु हुन् । छिमेकी मुलुक भारतबाट कर्णाली प्रदेशका जिल्लाहरुमा हजारौं नागरिकहरु भित्रिएका हुँदा कर्णाली प्रदेश कोरोना भाइरसको उच्च जोखिममा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना