नेपालको संसदमा भारतीय चेलीको दादागिरी बढ्योः सांसद चौधरी (भिडियोसहित)
प्रतिनिधिसभा बैठकमा नेकपाकी सांसद गंगा चौधरी सत्गौवाले नेपालको संसदमा भारतीय चेलीले दादागिरी गर्न थालेको आरोप लगाएकी छिन् ।
ती चेली को हुन् भन्ने उनले स्पष्ट नपारेपनि उनले भूमि मिचाहासँग छलफल गर्नु पर्यो भन्दै उनले के भन्न खोजेको भन्दै प्रश्न गरिन् ।
अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कदापिसाँट्न नसकिने उल्लेख गर्दै उनले भनिन्, ‘‘नेपालभित्र भारतको दादागिरी, नमिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन् । भन्दाभन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुप¥यो रे । आफ्नो जमिन मेरो हो भन्नलाई पनि मेरो देशका जमिन मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना ?’’
सरकारले देखेका सपनालाई असफल बनाउन अनेक षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले भनिन्, ‘जब यो देशका प्रधानमन्त्री एउटा, सपना योजना फ्याक्छन् अनि रअका एजेन्टहरु १५ दिनसम्म घाइते हुन्छन् । अनि त्यो सपनाको विरुद्धमा सम्पूर्ण शक्तिहरु लगाएर फुरुक्क फुरुक्क उफ्रन थाल्छन् ।'
उनले राष्ट्रियताको सवालमा बोलाइ र गराइमा एकरुपमा हुनुपर्नेमा पनि जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा र चीनका पर्यटन व्यवसायीबिच व्यावसायिक साझेदारी (तस्बिरहरू)
-
नेपालमा युवापुस्ता छन् सबैभन्दा धेरै खुसी, तपाईँ कत्तिको हुनुहुन्छ ?
-
उत्कृष्ट यौन जीवनका लागि के खाने, के नखाने ?
-
४ जीपीए ल्याउने आस्थाको एसईई टिप्स : परीक्षाको अघिल्लो रातभरि नपढ्नू
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
चोटग्रस्त किर्गियोसलाई अनपेक्षित सफलता, दुई वर्षपछि पहिलो जित