तिब्बत सरकारद्वारा प्रदेश १ सरकारलाई स्वास्थ्य सामाग्री सहयोग
विराटनगर । प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको हो । स्वास्थ्य सामाग्री मुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ को-अर्डिनेटर मुकेश उपाध्यायले हस्तान्तरण गरेका हुन् । करिब ७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्राप्त भएको स्वास्थ्य सामाग्रीमा पिसिआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेशिन १ थान रहेका छन् । त्यस्तै, आरडिटी किट १० हजार, भिटिएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पिपिइ ५ हजार, एन ९५ माक्स ५ हजार, सर्जिकल माक्स २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आइआर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्रामपोर्टेबल मेशिन १ थान, ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर रहेको छ ।
यी उपलब्ध भएका स्वास्थ्य सामाग्रीहरुले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताए । हामी प्रदेशका धेरैभन्दा धेरै नागरिकहरुको कोरोना परीक्षणमा छौं, प्राप्त भएका सामाग्रीहरुले थप सहयोग पुगेको उनको भनाई छ । साथै सामाग्री उपलब्ध गराएको तिब्बत सरकारलाई मुख्यमन्त्री राईले धन्यवाद समेत दिएका छन् ।
प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा तिब्र बनाएको छ । प्रदेश १ मा करिब ८ हजारको पिसिआर परीक्षण भएको छ । प्रदेश १ मा अहिलेसम्म १ सय ६२ जनालाई कोभिड—१९ पुष्टि भएको छ भने ३० जना निको भएर घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’