रौतहटमा कोरोना भगाउन पूजा
सोमबार, १९ जेठ २०७७, १३ : १६
रौतहट । लगातार लामो लकडाउनका कारण आजित बनेका रौतहटका केही स्थानका महिलाहरु कोरोना भाईरस भगाउन पूजा गर्न थालेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ५ का दर्जनौ महिलाहरु आज एकाबिहानै चोखिएर खुला चौरमा पंक्तिबद्ध बसेर सामूहिक पूजा गरेका हुन् ।
कटहरिया वडा ५ का अध्यक्षका प्रत्यासी राजनारायण साहले बिहानैदेखि दुवै वडाका दर्जनौ महिलाहरुले कोरोना भगाउन सामूहिक पुजा गरेको बताए । रौतहटको कटहरियामा मात्र नभई जिल्लाको कैयौं स्थानमा महिलाहरुले पछिलो केही दिनदेखि कोरोना भगाउन सामूहिक पूजा गरेका तस्बिरहरु सामाजिक सञ्जालमा समेत भाईरल भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?