एमसीसीका कार्यक्रम तीन वर्षदेखि सञ्चालन हुँदै आएको अर्थमन्त्रीको खुलासा
काठमाडौं । एमसीसीको सहयोगमा गएको तीन वर्षदेखि नै सरकारले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको खुलासा भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै सो कुराको खुलासा गरेका हुन् । उनले सोही अनुसार यो वर्ष पनि एमसीसीका कार्यक्रम बजेटमा समावेश गरेको जानकारी दिए ।
‘तर अमेरिकी सहयोग एमसीसीको सहयोग रकम त्यो बेला मात्रै निकासा हुन्छ त्यो बेला मात्रै निकासा हुन्छ । जुन बेला संसदमा विचाराधीन रहेको सम्झौतापत्र यो संसदले अनुमोदन गर्छ । त्यो नगरुन्जेल यथावत नै रहन्छ’, अर्थमन्त्रीको जवाफ छ । त्यस्तै अर्थमन्त्री खतिवडाले सरकारले बनाएको वैदेशिक सहायता नीतिका आधारमा त्यस्ता सहायता राष्ट्रिय बजेटमा, राष्ट्रिय हितमा र राष्ट्रिय स्वार्थमा मात्रै प्रयोग गर्ने गरेको बताए ।
‘यसरी सहायता प्रदान गर्दा हामी बजेट सहयोगलाई प्राथमिकता दिन्छौ’, उनले सवै प्रकारका सहायतामा यही नियम लागू हुने पनि बताए ।
सरकारले यसअघि एमसीसीको नाम नलिएपनि त्यस अन्तर्गतका कार्यक्रम नीति तथा कार्यक्रम र बजेटमा राखेको थियो । त्यसमार्फत चार सय विद्युत प्रसारण लाइन निर्माण गर्ने सरकारको तयारी छ । तर यो विषयमा सत्तारुढ दलकै नेताहरुले विरोध गरेपछि गत शनिबार बसेको नेपाल कम्युनिस्ट पाटी (नेकपा)को सचिवालय बैठकले सम्झौता संसदले अनुमोदन नगरेसम्म काम अघि नबढाउन सरकारलाई निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण