शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटना रोक्न प्रचण्डको ध्यानाकर्षण

सोमबार, १९ जेठ २०७७, ११ : ५९
सोमबार, १९ जेठ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका सवारी दुर्घटना रोक्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष प्रचण्डले बाँकेका राप्ती सोनारीमा गएराति भएको दुर्घटनाले स्तव्ध बनाएकोे भन्दै घाइतेहरुको निःशुल्क स्वास्थ्यउपचार व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले भनेका छन्, ‘पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा हिजो राति भएको सवारी दुर्घटनाको खबरले स्तब्ध भएको छु । उक्त दुर्घटनामा निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’ साथै प्रचण्डले घाइतेहरुको निःशुल्क स्वाथ्योपचार र शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । ‘लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका यस प्रकारका सवारी दुर्घटना रोक्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण पनि गराउँदछु’, अध्यक्ष प्रचण्डले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप