बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमरेशको प्रश्न : कोरोनामा सेना परिचालन गर्ने छुट छ ?

सोमबार, १९ जेठ २०७७, ११ : ४७
सोमबार, १९ जेठ २०७७

काठमाडौँ । काँग्रेस सांसद डा. अमरेशकुमार सिंहले कोरोना नियन्त्रणमा सरकारले सेना परिचालन गर्ने तयारी गरेको भन्दै सेना परिचालन गर्ने छुट नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले विपत व्यवस्थापनको जिम्मा ऐनले गृहमन्त्रालयलाई दिएपनि सरकारले कोरोना नियन्त्रणका लागि सेना परिचालन गर्न लागेकोमा आपत्ति जनाए । उनले सेना परिचालन भए लोकतन्त्रकै हत्या हुने भन्दैै त्यसबारेमा संसदमा छलफल गर्न जरुरी रहेको बताए । 

‘हामी कस्तो लोकतन्त्रको अभ्यास गरिरहेका छौँ ? यो लोकतन्त्रको मन्दिरमा प्रश्न उठाउन चाहान्छु, हामीले टुलुुटुलु हेर्न चाहेको हो ? विपत व्यवस्थापनको काम गृहमन्त्रालयको भनेर ऐनले व्यवस्था गरेको छ । नेपाली सेना र रक्षामन्त्रालयलाई विपत व्यवस्थापनको जिम्मा दिने भनिएको छैन । तर सरकारको कमजोरी छ’, सिंहले भने, ‘नेपाली सेनाको बुटले दवाउन खोजेको छ भने त्यो लोकतन्त्रको हत्या हुन जान्छ । सेना परिचालनबारे छलफल होस्, बहस होस् ।’

उनले नेपाली सेनालाई कोरोनामा परिचालन गर्ने छुट छ की छैन ? भनेर प्रश्न गर्दै कोरोनामा दुनियाँको कुनैपनि मुलुकमा सेना परिचालन नगरिएको दावी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप