केन्द्रीय संस्करण

बाँके दुर्घटनाका मृतक र घाइते सबैको स्वाब संकलन

उद्दारमा खटिएका सुरक्षाकर्मीको पनि स्वाब संकलन गरिने

person explore access_timeजेठ १९, २०७७ chat_bubble_outline0

काठमाडौँ । बाँके दुर्घटनामा मृत्यु भएका १२ जनासहित २१ जना घाइते सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।

नेपालगन्जस्थित भेरी अस्पतलाका मेडिकल सुपरीडेन्ट डा. प्रकाश थापाले मृतक ११ पुरुष, एक महिला गरि १२ जना र २१ जना घाइते सबैको कोरोना भाइरस परीक्षणको गर्न स्वाब संकलन गरिएको जानकारी दिए । 

‘अस्पतालले दुर्घटनामा मृत्यु भएका सबै र घाइते सबैको स्वाब संकलन गरेर सकिसकेको छ,’ थापाले भने, ‘उनीहरुको रिपोर्टका आधारमा उद्धारमा खटिएका सुरक्षाकर्मीको पनि स्वाब संकलन हुनेछ ।’ उनले सबैको पिसिआर विधिवाट चेकजाँच हुने जानकारी दिए । 

बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीपनि खटिएको जानकारी दिए । 

‘उद्धारमा खटिएका सुरक्षाकर्मीलाई छुट्याउने क्रम सुरु गरि उनीहरु सबैको कोरोना परीक्षण गरिनेछ,’ एसपी वलीले भने, ‘उद्धारमा प्रयोग गरिएका प्रहरीका गाडीमा पनि स्यानीटाइजर प्रयोग गरिएको छ ।’

प्रहरीको गाडीमा समेत घाइतेको रगत रहेको, सुरक्षाकर्मीले घाइतेलाई अंगाले हालेर उद्दार गरेको हुँदा उद्दारमा खटिएकाहरुको पनि कोरोना चेकजाँच हुने उनले बताए । 

‘पहिला घाइते र मृतकको स्बाव संकलन गरिएको छ,’ एसपी वलीले भने, ‘त्यो रिपोर्ट हेरेर उद्धारमा खटिएकाहरुको पनि कोरोना चेकजाँच हुनेछ ।’ 

आफू अहिले घटनास्थलवाट फर्किरहेको बताएका एसपी वलीले गाडी धनी आउन लागेको हुँदा त्यसपछि मृतकको सनाखत गर्न सहज हुने बताए ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.