बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पेस्तोल देखाएर बर्दीमै टिकटक बनाउने सईले पाए लुभुको इन्चार्ज

सोमबार, १९ जेठ २०७७, १० : १८
सोमबार, १९ जेठ २०७७

काठमाडौँ – महानगरीय प्रहरी परिसर ललितपुरले पेस्तोल देखाएर बर्दीमै टिकटक बनाउने प्रहरीलाई लुभु प्रभागको इन्चार्जको जिम्मेवारी दिएको छ । 

‘टिकटकमा भाइरल’ भएका प्रहरी नायब निरीक्षक (सई) रत्नबहादुर थापालाई परिसरले आइतबार महानगरीय प्रहरी प्रभाग लुभुको जिम्मेवारी दिएको हो । 

गत शनिबार लुभुका इन्चार्ज रहेका सई टेकबहादुर माझीको मृत्यु भएपछि परिसरले थापालाई सो स्थानमा पठाएको हो ।

महानगरीय प्रहरी प्रभाग सुडाल, भक्तपुरका इञ्चार्ज रहँदा सई थापाले प्रहरी बर्दीमा पस्तोल देखाएर श्रीमतीसँग टिकटक बनाएका थिए । 

फागुनको दोस्रो साता सई थापाको प्रहरी पोशाक श्रीमतीले लगाएर हातमा पेस्तोल लिइ खिचेको फोटोसहितको टिकटक सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

सुडालमा कार्यरत रहेका बेला प्रहरी पोशाकमै श्रीमतीसँग ‘टिकटक’ बनाएको आरोपमा उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको थियो । 

त्यसअछि उनी चैतमामा ललितपुर परिसरमा हाजिर भएका थिए । तर, फेरि तिनै विवादित प्रहरी कर्मचारीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

थापालाई लुभुको इन्चार्ज दिएसँगै ललितपुर परिसरमा कार्यरत एक प्रहरीले भने, ‘टिकटकमा हिट सर इन्चार्ज हुनुभयो, अब त्यता पनि हिट हुनुहुनेछ ।’

यो पनि:

श्रीमतीसँग बसेर टिकटक बनाएपछि प्रहरीका सई कारवाहीमा​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप