अमेरिकामा प्रदर्शनले उग्र रुप लिएपछि राष्ट्रपति ट्रम्पलाई अन्डरग्राउन्ड बंकरमा लगियो
अमेरिकामा अश्वेत जर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा विरोधले दिन प्रतिदिन उग्र रुप लिइरहेको छ । राजधानी वासिङ्टन डिसीसमेत ४० शहरमा कर्फ्यू लगाइएको छ । आइतबार राती पनि प्रदर्शनकारीले ह्वाइट हाउसको अगाडि ठूलै प्रर्दन गरे तसर्थ सुरक्षाबलले अश्रु ग्यास प्रहार गरे । न्यूयोर्क टाइम्सका अनुसार शुक्रबार ह्वाइट हाउसको अगाडि प्रदर्शनको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पलाई केही बेरका लागि अन्डरग्राउन्ड बंकरमा लगिएको थियो ।
समाचार च्यानल सिएनएनका अनुसार वासिङ्टनसमेत १५ शहरमा करिब ५ हजार नेशनल गार्ड तैनाथ गरिएको छ । आवश्यक पर्ने हो कि भनेर २ हजार गार्डलाई स्ट्यान्डबाई राख्न भनिएको छ ।
ह्वाइट हाउसमा सयौं प्रदर्शनकारी जुट्ने निर्णय गरेः
न्यूयोर्क टाइम्सले एक व्यक्तिलाई उद्धृत गर्दै एउटा रिपोर्ट प्रकाशित गरेको छ । यसअनुसार शुक्रबार ह्वाइट हाउसमा सयौंको संख्यामा प्रदर्शनकारी जम्मा भए । सुरक्षालाई मध्यनजर गर्दै ट्रम्पलाई एक घण्टाभन्दा कम समयका लागि एउटा अन्डरग्राउन्ड बंकरमा पुर्याइयो । प्रदर्शनकारीलाई हटाउनका लागि सिक्रेट सर्भिस र युनाइटेड स्टेट्स पार्क पुलिसले अत्यधिक मिहिनेत गर्नुपरेको थियो ।
पत्रिकाका अनुसार ह्वाइट हाउस बाहिर यति ठूलो संख्यामा प्रदर्शनकारी जुटेको देख्दा ट्रम्प चकित भएका थिए । यद्यपि, मेलानिया र ब्यारन ट्रम्पलाई बंकरमा लगे नलगेको बारे भने स्पष्ट जानकारी प्राप्त छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन
-
घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा एनआरएनलाई पत्र