शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हावाहुरीले रेडियोको टावरमा क्षति, प्रशारण बन्द

सोमबार, १९ जेठ २०७७, ०८ : ४९
सोमबार, १९ जेठ २०७७

परासी, १९ जेष्ठ । सोमबार बिहान आएको ठुलो हावाहुरीले पश्चिम नवलपरासीको एक सामुदायिक रेडियोको टावरमा क्षति पुगेको छ । आज विहान ४ बजे आएको हवाहुरीले जिल्लाको सुनवल नगरपालिकास्थित सामुदायिक रेडियो सुनवलको टावर भाँचिदा रेडियो प्रशारण बन्द भएको हो ।

हावाहुरीका कारण रेडियोको टावर र एन्टिना भाँचिएपछि  ७ लाख मुल्य बराबरको क्षति पुगेको रेडियोका प्रशासण प्रमुख इन्द्रकुमार रेग्मीले जानकारी दिए ।

टावर तथा अन्य मिसिनरी उपकरणको मर्मत सम्भारका लागि केही दिन लाग्ने र त्यसपछि मात्र रेडियो प्रसारणमा आउने बताइएको छ । पाल्ही सूचना तथा सञ्चार सहकारीद्वारा सञ्चालित उक्त सामुदायिक रेडियो सुनवल ९०.७ में. हर्ज नवलपरासी, पाल्पा, रुपन्देही लगायत ठाउँसम्म रेडियो प्रसारण हुँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप