संसारको सर्वाधिक कोरोना प्रभावित देशको सूचीको सातौं स्थानमा उक्लियो भारत
सोमबार, १९ जेठ २०७७, ०८ : ३६
कोरोनाभाइरसद्वारा संसारकै सर्वाधिक प्रभावित देशको सूचीमा भारत अब सातौं स्थानमा उक्लिएको छ ।
जोन्स होप्किन्स युनिभर्सिटीको ड्याशबोर्डका अनुसार भारतमा कोरोना संक्रमितको संख्या दुई लाख पुग्नै लागेको छ । ड्याशबोर्डका अनुसार भारतमा कूल १ लाख ९० हजार ६ सय ९ कोरोना संक्रमित रहेका छन् जबकी ५ हजार ४ सय ८ को यो भाइरसका कारण मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको आँकडा अनुसार पनि कोरोना भाइरस संक्रमितको हिसाबले भारत संसारको सातौं सर्वाधिक प्रभावित देश बनेको छ । संगठनका अनुसार भारतमा कूल संक्रमितको संख्या १ लाख ८२ हजार १ सय ४३ रहेको छ भने ५ हजार १ सय ६४ को मृत्यु भएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा