शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज कुन – कुन भूभागमा वर्षाको सम्भावना ?

सोमबार, १९ जेठ २०७७, ०८ : १५
सोमबार, १९ जेठ २०७७

मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ भने नेपालका पूर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको छ । 

महाशाखाका अनुसार हाल देशभरी नै सामान्य बदली भइरहेको छ । देशका प्रदेश ५, गण्डकी, बाग्मती प्रदेशका केही भूभागमा भने वर्षा भइरहेको छ । 
 
पूर्वानुमानमा उल्लेख भए अनुसार आज दिउँसो देशका पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली हुनेछ । यसबाहेकका भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ । 

यसैगरी, पूर्वी भूभागहरु, मध्य र पश्चिमी पहाडी भूभागहरुका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

यस्तै, राति देशको पूर्वी भूभागहरु, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम  सामान्यतया सफा रहने पूर्वानमान गरिएको छ । 
 
त्यसैगरी, पूर्वी भूभागहरु, मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा राति मेघगर्जन, चट्याङ सहित  वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप