शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलह नेपाल आउने सम्भावना अत्यन्तै न्यून

सोमबार, १९ जेठ २०७७, ०७ : ४५
सोमबार, १९ जेठ २०७७

काठमाडौं – कृषि बाली तथा वनस्पतिलाई सखाप पार्ने सलह कीरा नेपाल आउने सम्भावना अत्यन्तै न्यून रहेको छ । पछिल्लो समय परिवर्तन भएपछि नेपालमा आउन सक्ने सम्भावना अत्यन्त न्यून भएको हो ।

सलह कीरा सुख्खा वातावरण भएको मरुभूमिमा बस्न रुचाउने कीरा भएकाले वर्षायाम (प्रिमनसुन) सुरु हुने क्रम भएकाले नेपालमा आउने सम्भावना अत्यन्तै न्यून रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा गठित प्राविधिक र जैविक पक्षको अध्ययन गर्ने प्राविधिक समितिका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईँले बताए । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप