बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते
सोमबार, १९ जेठ २०७७, ०७ : २३
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।
भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ । उनीहरुको सनाखतको काम भइरहेको प्रहरी उपरीक्षक वलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी