बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मलेसियाबाट नेपाली श्रमिक फर्काइने

सोमबार, १९ जेठ २०७७, ०६ : २९
सोमबार, १९ जेठ २०७७

 

काठमाडौं – मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ-आफ्नो देश फर्काउने भएको छ । सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश फर्काउने काम सुरु हुने मलेसियाली सरकारले जनाएको छ ।

फर्किने आप्रवासी श्रमिकलाई श्रम निर्यात गर्ने देशको प्रतिनिधित्व गर्दै वसेका राजदूतावासले आआफ्ना नागरिकलाई ¥यापिड टेस्ट (आरडीटी)मार्फत कोभिड १९ को परीक्षण गर्ने र परीक्षणमा सङ्क्रमण नदेखिएकालाई स्वदेश फर्काउन सुरु गरिने जनाइएको छ । यसैगरी हाल घर फिर्ती केन्द्रमा राखिएका २४ नेपाली तथा दुई हजार ४७६ बङ्गलादेशी नागरिकलाई पनि क्रमशः फर्काइने जनाइएको छ ।

यसरी घर फिर्ती केन्द्रमा राखिएकामध्ये हालसम्म तीन जना नेपालीलगायत ३५ जनालाई कोभिड १९ सङ्क्रमण भएको पुष्टि भएको छ । त्यसैले मलेसियाले सकेसम्म छिटो अवैध रूपमा बसिरहेका व्यक्तिलाई उनीहरूको देश फर्काउने प्रयास गरिरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप