मैले देखेको दु:खद सपना
असार मासको एक सुनसान मध्येरात । त्यतिखेर भाते निन्द्रा पातलिंदै गएर म तन्द्रामा उत्रेको थिएँ । यसो कोल्टो फेर्न लाग्दा सुनें, ढोका ढकढक्याएको आवाज आइरहेछ । के होला त्यो ? हावाको कडा झोंक्का ? भोको कुकुर ? कि चोर ? आः जेसुकै होस्, म निदाउन खोजें । तर ढोकाबाट कसैको स्वर आएझैँलाग्यो, “अङ्कल ! अङ्कल !”
मेरो मनमा आशङ्का र डरले अड्डा जमाएको थियो । मध्ये रातमा यतिखेर को हो त्यो बाहिर ? दकस मान्दै ढोका थोरै उघारेर यसोक्क बाहिर चियाएँ । कोही बिरानो तन्नेरी त्यहाँ धमिलो छायाँझैँउभिएको रहेछ ।
“त्याँ को हो ?”
“म, अङ्कल ।”
“को म ?”
“म दीपेन्द्र ।”
हँ दीपेन्द्र ? युवराज दीपेन्द्र मेरो घरमा ? उसमाथि यो चकमन्न मध्ये रातमा ? मलाई अचम्मको सपना देखेजस्तो लाग्यो । छाँटले त्यो ठिटो एकदमै डराएको थियो । चङ्ख हुँदै पछि फर्केर तर्सेका आँखाले उसले यसो वातावरण नियाल्यो । अनि अताल्लिंदै हुरीझैँहान्निएर ऊ भित्र पस्यो ।
म वाल्ल परें । चिन्नु न जान्नु, त्यो त भित्र पसिनै सक्यो । बाहिर लखेटुँ, त्यो डराएजस्तो छ । नलखेटुँ त्यो को हो, त्यो के हो ? म परें बडो धर्मसङ्कटमा ।
“भन, तिमी साँच्चिनै को हौ ?”
“म दीपेन्द्र, अङ्कल ।”
“कुन दीपेन्द्र ? युवराजधिराज ?”
ऊ घोस्से मुन्टो लाएर उभिइरह्यो । हेर्छु, मान्छे उस्तैउस्तै छ । तर त्यत्रो दरबारको दीपेन्द्र बाटो बिराएर मेरो घरमा कसरी आउन सक्छ ? हो, मान्छे उही हो । युवराजधिराज दीपेन्द्र । मलाई कसोकसो असहज लाग्यो । अनि सोफातिर सान गरेर उसको मान राख्दै मैले भने, “बस ।”
ऊ घोस्से मुन्टो लाएर उभिइरह्यो । हेर्छु, मान्छे उस्तैउस्तै छ । तर त्यत्रो दरबारको दीपेन्द्र बाटो बिराएर मेरो घरमा कसरी आउन सक्छ ? हो, मान्छे उही हो । युवराजधिराज दीपेन्द्र । मलाई कसोकसो असहज लाग्यो । अनि सोफातिर सान गरेर उसको मान राख्दै मैले भने, “बस ।”
ऊ तल भुइँमै चकटीमा थुचुक्क बस्यो ।
“माथि बस,” मैले कर गरें ।
“नाइँ,” उसले मुन्टो हल्लायो ।
“बाबु, तिमी युवराज दीपेन्द्र होइनौ र ?”
“कुनै दिन म युवराज थिएँ, अङ्कल । अब म सुकुम्बासी भएँ, म अनाथ भिखारी....।” उसका आँखाबाट एकाएक बलिन्द्र धारा आँसु बग्न थाले । घुँडाका बीचमा मुन्टो लुकाएर ऊ सुँक्कसुँक्क रोयो । मलाई त्यसैत्यसै नमज्जा लागेर आयो, बरा युवराज दीपेन्द्र भुइँमा बसेर रोइरहेछ । हिजो ऊ के थियो, आज ऊ के हुनपुग्यो !
“मेरो जिउने हक हरेर अङ्कल, मलाई भिखारी बनाए,” बिलाप गर्दै उसले मेरो बैठकमा ब्यथा बिसायो, “मलाई खरानी पारेर सिध्याए !”
“कसले भतिज दीपेन्द्र ?”
“मेरै खलककाहरुले ।”
खिन्न भएको मेरो मनमा भर्खरैका तात्ताता घटनाहरुको सम्झना नजिक–नजिक हुँदैगयो । हो त नि, अलि दिनअघि राजदरबारमा मानिसहरुका लासको कत्रो चाङ लागेको थियो ! राजा, रानी, तिनका छोराछोरी, अरु को को हो को को सबै आ–आफ्नै रगतको आहालमा कसरी डुबेका थिए ! अनि शून्य नेपाली आकासमा एउटा प्रश्न पहेली भएर तुन्द्रुङ्ग झुण्डियो । दरबारमा लासको चाङ लगाउने हात कसको हो ? उत्तरहरु फरक–फरक आए । दीपेन्द्र ! दीपेन्द्र ! एकथरि मानिस भनिरहेका थिए । अर्काथरि मानिस निधार खुम्च्याउँदै शङ्का गरिरहेका थिए – ए, हो र ?
अलि दिनअघि राजदरबारमा मानिसहरुका लासको कत्रो चाङ लागेको थियो ! राजा, रानी, तिनका छोराछोरी, अरु को को हो को को सबै आ–आफ्नै रगतको आहालमा कसरी डुबेका थिए ! अनि शून्य नेपाली आकासमा एउटा प्रश्न पहेली भएर तुन्द्रुङ्ग झुण्डियो । दरबारमा लासको चाङ लगाउने हात कसको हो ? उत्तरहरु फरक–फरक आए । दीपेन्द्र ! दीपेन्द्र ! एकथरि मानिस भनिरहेका थिए । अर्काथरि मानिस निधार खुम्च्याउँदै शङ्का गरिरहेका थिए – ए, हो र ?
हो, उही दीपेन्द्र अहिले मेरो बैठकमा बसेर उसका हृदयको पर्दा मेरा आँखा अगाडि उठाइरहेछ ।
“युवराज भएर यसरी किन रुन्छौ बा ?”
“युवराज होइन अङ्कल, म भिखारी रोएको ।”
यति भनेर ऊ त डाको छाडेरै पो रुन थाल्यो ।
अलिबेर कोठा चकमन्न भयो । के भन्नु न के भन्नु भएर म अकमक्क परें ।
“अङ्कल,” मौन भङ्ग गर्दै ऊ बोल्यो, “म अङ्कलको दैलोमा दयाको भीख माग्न आएको ।”
“कस्तो दया, भतिज ?”
“मेरो जिउने हक हरेर अङ्कल, ममाथि गर्नु अत्याचार गरियो ।”
“भो, नाटक नगर ।” मैले भने । “कसुरदार तिमी आफैँ हौ ।”
“हँ ! म कसुरदार ?” हठात् उत्तेजित हुँदै उसको स्वर फुट्यो ।
“अङ्कल,” मौन भङ्ग गर्दै ऊ बोल्यो, “म अङ्कलको दैलोमा दयाको भीख माग्न आएको ।”
“कस्तो दया, भतिज ?”
“मेरो जिउने हक हरेर अङ्कल, ममाथि गर्नु अत्याचार गरियो ।”
“भो, नाटक नगर ।” मैले भने । “कसुरदार तिमी आफैँ हौ ।”
“हँ ! म कसुरदार ?” हठात् उत्तेजित हुँदै उसको स्वर फुट्यो ।
“हो, तिमी ।” जोड दिएर मैले भनें ।
“म, म, म....” दीपेन्द्रका ओठ एक तमासले फर्फराए ।
“हो त नि, तिमी ।” मैले दोहोर्याएँ । “बुबा महाराजलाई मार्ने तिमी, मुमा महारानीलाई मार्ने तिमी । बहिनीलाई, भाइलाई, सप्पैलाई मार्ने तिमी । तिमी, तिमी र तिमी मात्र !”
“अङ्कल !” दीपेन्द्रको व्यथित स्वर सुनेर कोठाको सिलिङ थर्र काम्यो ।
“हो, आफूलाई मार्ने पनि तिमी आफैँ !”
“मैले कसरी, अङ्कल ?” क्रोधले उसका कन्चटका नशा टन्किए ।
“कसरी भन्यौ ? रक्सी खाएर, गाँजा तानेर, नाम नखुलेको कालो पदार्थ सेवन गरेर, ज्यानमा फौजी पोशाक लाएर, हातमा मोजा हुलेर, हडीउड शैलीमा थुप्रै हतियार भिरेर, बडीउड शैलीमा ताकीताकी तारो हानेर..... हो, तिमीले ।”
“अङ्कल !” अचाक्ली मर्माहत र उत्तेजित भई जुरुक्क उठेर डरलाग्दा आँखाले मलाई हेर्दै उसले भन्यो, “यो सब झुठ हो ।”
“कसरी भन्यौ ? रक्सी खाएर, गाँजा तानेर, नाम नखुलेको कालो पदार्थ सेवन गरेर, ज्यानमा फौजी पोशाक लाएर, हातमा मोजा हुलेर, हडीउड शैलीमा थुप्रै हतियार भिरेर, बडीउड शैलीमा ताकीताकी तारो हानेर..... हो, तिमीले ।”
“अङ्कल !” अचाक्ली मर्माहत र उत्तेजित भई जुरुक्क उठेर डरलाग्दा आँखाले मलाई हेर्दै उसले भन्यो, “यो सब झुठ हो ।”
“भतिज,” शान्त स्वरमा मैले भनें, “यो सब सत्य हो । सत्ताले नागरिकलाई बाँडिदिएको सत्य आखिर यही त हो ।”
“अङ्कल, मैल्यै हो भन्ने प्रमाण के छ ?”
“प्रमाण यी यो छ,” छानबिन टोलीको प्रतिवेदन भुइँमा पछार्दै मैले भनें । “यसमा हेर । यसका हरफ–हरफमा तिमीले मारेका छौ । यसका पन्नापन्नामा छानीछानीकन तिमीले तारो हानेका छौ । सुन भतिज, नारान्हिटी दरबार यसै भन्छ, सिंहदरबार यसै भन्छ । अरु मझौला दरबार यसै भन्छन्, साना दरबार यसै भन्छन् । दीपेन्द्रले, एक्लै दीपेन्द्रले, बुझ्यौ बाबु ?”
उसले दुई हत्केलाले मुख छोप्यो र हातका दुई बूढी औंलाले कान थुन्यो । अनि ऊ निकैबेरसम्म मूर्ति समान त्यत्तिकै उभिइरह्यो ।
“अङ्कल !” अलिबरेपछि सन्नाटा चिर्दै उसले भन्यो, “भन्नस्त, तपाईं यो कुरा पत्याउनु हुन्छ ?”
मैले के भन्ने ? सरकारले सुन्ने गरी भन्न मिल्ने उत्तर मसँग यही एउटा त छ ।
दीपेन्द्र बसेर प्रतिवेदन पढ्न थाल्यो । अक्षरका लहरमा आँखा सार्दैजाँदा उसको अनुहार एक तमासले विकृत हुँदैगयो । एक पन्ना पढिसकेर उसले आहत सुस्केरा हाल्यो । अनि सिमेन्टेड भुइँमा उसले ड्याङ्ग मुड्की बजार्यो । अनि उत्तेजनाले हुर्हुरी बल्दै उसले त्यो पन्ना ध्वाध्र्वारी च्यात्यो ।
“झुठ !”
म मौन रहें ।
उसले अर्को पन्ना पढ्यो, ड्याङ्ग मुड्की बजार्यो र ध्वाध्र्वारी च्यात्यो । अनि अर्को पन्ना, अनि ड्याङ्ग मुड्की, अनि फेरि ध्वाध्र्वारी । म एकोहोरो हेरिरहेको छु, उः उसको जिउ कसरी काम्न थाल्यो ! मुड्की बजार्दा उसका औंलाका जोर्नीबाट नजानिंदो गरी रगत बगेको म देखिरहेंछु ।
हेर्दाहेर्दै मरोे बैठक कागजका टुक्राहरुले छताछुल्ल भयो ।
उसले अर्को पन्ना पढ्यो, ड्याङ्ग मुड्की बजार्यो र ध्वाध्र्वारी च्यात्यो । अनि अर्को पन्ना, अनि ड्याङ्ग मुड्की, अनि फेरि ध्वाध्र्वारी । म एकोहोरो हेरिरहेको छु, उः उसको जिउ कसरी काम्न थाल्यो ! मुड्की बजार्दा उसका औंलाका जोर्नीबाट नजानिंदो गरी रगत बगेको म देखिरहेंछु । हेर्दाहेर्दै मरोे बैठक कागजका टुक्राहरुले छताछुल्ल भयो ।
“झुठ ! यो सब झुठ !”
म फेरि पनि मौन रहें ।
“अङ्कल, तपाई यों सब पत्याउनु हुन्छ ?”
“भतिज, मेरा अगाडि सरकारी प्रमाण यही छ । तिमीलाई म के भनुँ ?”
“तपाईंका मुखबाट यस्तो बचन सुन्नुपर्ला भनेर मैले चिताएको थिइनँ, अङ्कल ।”
“भतिज, यसो भन्नु पर्दा मलाई दुःख लाग्छ । तर के गर्छौ बा, गोलीका सामुन्ने बोली.....”
दीपेन्द्र टाउकामाथि दुई हत्केलाको पासो लगाएर घोप्टो प¥यो । म सुन्दै छु, ऊ फेरि घुँक्कघुँक्क रोइरहेछ ।
“भो, नरोऊ ।” उसको कपाल मुसार्दै मैले सम्झाएँ ।
ऊ उठ्यो । अनि बेचैन पाइला सार्दै सुस्त चालले ऊ कोठामा यताउति हिंड्यो ।
“चुरोट होला, अङ्कल ?”
उसलाई मन पर्ने शिखर चुरोट मैले उसलाई दिएँ ।
“अङ्कल ! तपाईं मेरो हृदयको आवाज सुन्न तयार हुनुहुन्छ ?”
मलाई डर लाग्यो । मेरो बैठकमा हावाका लहरहरु अटुट आइजाइ गरिरहेका छन् । के थाहा, हावाका पनि त कान हुन सक्छन् !
“भन्नुस् अङ्कल, तपाईं तयार हुनुहुन्छ ?”
मैले सकारेर मन्टो हल्लाएँ ।
“धन्य छ अङ्कल,” केही उज्यालो हुँदै दीपेन्द्रले भन्यो, “मान्नोस् कि तपाईं मेरो आयोग हुनुहुन्छ । र म बयान दिन तपाईंका अगाडि हाजिर छु । जे सोध्नु छ, अङ्कल, मलाई सोधे हुन्छ ।”
यसरी म दीपेन्द्रको आयोग भएँ । अनि आयोगको आसनमा बसेर म सोध्न थालें, “भतिज दीपेन्द्र, त्यो रात तिमीले के के खाएका थियौ नढाँटीकन मलाई भन्न सक्छौ ?”
“धन्य छ अङ्कल,” केही उज्यालो हुँदै दीपेन्द्रले भन्यो, “मान्नोस् कि तपाईं मेरो आयोग हुनुहुन्छ । र म बयान दिन तपाईंका अगाडि हाजिर छु । जे सोध्नु छ, अङ्कल, मलाई सोधे हुन्छ ।”
यसरी म दीपेन्द्रको आयोग भएँ । अनि आयोगको आसनमा बसेर म सोध्न थालें, “भतिज दीपेन्द्र, त्यो रात तिमीले के के खाएका थियौ नढाँटीकन मलाई भन्न सक्छौ ?”
“कुन रात ?” ऊ अकमकायो ।
“त्यो क्या त्यो दरबारमा पारिवारिक भोज भएको रात ।”
केही लजाउँदै हत्केलाले मुख छोपेर उसले केही सोच्यो । अनि पुलुक्क मलाई हेर्दा उसका आँखा मेरा आँखामा टिक्न नसकेर भुइँमा पछारिए ।
“त्यो रात तिमीले रक्सी खाएका थियौ ?”
“थोरै खाएको थिएँ, अङ्कल ।” असहज मान्दै उसले भन्यो ।
“अनि गाँजा ?”
“हो, त्यो पनि ।”
“अनि त्यो के जाती नाउँ नखुलेको कालो पदार्थ नि ?”
दीपेन्द्र झस्क्यो ।
“तिमी किन बोल्दैनौ ? भन, तिमीले त्यो कालो खाएका थियौ ?”
मुख छोपेर उसले भन्यो, “माफ गर्नुस् अङ्कल । हो, त्यो पनि । शिखर चुरोटमा हालेर....”
“भन प्रिय भतिज, तिमीलाई त्यो कालो खोजिदिने को थियो ?”
दाहिने हत्केलाले मुख छोपेर उसले हैरानीको सुस्केरा हाल्यो, “त्यो ?”
“हो, त्यो ?”
“अङ्कल, अरुहरु पनि थिए, एउटा भाइ पनि थियो ।”
“कसरी सिक्यौ त बाबु त्यो कालो खान ?”
“ख्यालख्यालमै, अङ्कल । खोजिदिने छँदैथिए, खाँदाखाँदै खान अम्मल बसेछ ।”
“किन खाएको त दीपेन्द्र बाबु, यस्तो राम्रो मान्छेले त्यस्तो कालो ?”
अङ्कल, त्यहाँ जीवनजस्तो जीवननै छैन भने पनि हुन्छ । अहँ, त्यो त्यहाँ छँदैछैन । त्यहाँ त एकजना र अर्कोजनाको बीचमा खालि पर्दाहरु छन्, पर्खालहरु छन् । हैसियत नाउँका पर्दाहरु, सुरक्षा नाउँका पर्खालहरु, मर्यादा नाउँका पर्खालहरु । पर्दा र पर्खालभित्र नदेखिने कपट र झेलहरु छन्, फुर्तीफार्ती र अहंकारहरु छन् । आफू आफ्नै परम्परा, थिति र रीतिको झ्यालखानाभित्रको अभागी कैदीजस्तो । नशामा लठ्ठिएर त्यही झ्यालखानाको निसासबाट फुत्किन कालो पदार्थ खाएको रे दीपेन्द्रले ।
उसका मुखबाट मनको ताप भरिएको गहिरो निसासको मुस्लो पोखियो । अनि उसले आफ्नो पीरको गोप्य कथा म आयोगलाई यसरी सुनायो । भनुँ भने अङ्कल, बाहिरबाट हेर्दा दरबारमा नपुग्दो केही छैन । त्यहाँ धन छ, सोख छ, शान छ, ठाँटबाँट छ, त्यहाँ सबथोक छ । तर त्यो वास्तवमा बाहिर चिल्लो बोक्रो, भित्र खोक्रो भनेजस्तो छ । छोराले बाबुलाई भेटेझैँगरी मन लागेको बेला बुबा महाराजलाई भेट्न पाइँदैन । दर्शन पाउने दिन पर्खेर बस्नुपर्छ । छोराले आमालाई मनको ब्यथा सजिलोसँग सुनाएझैँगरी मुमा महारानीसँग बात मार्न पाइँदैन । मनको मर्म पोख्दा मुमा महारानीबाट के मर्जी होला भनेर डराउनु पर्छ । नानावली नियमका साङ्लै–साङ्लाले बाँधिएर त्यहाँ तौलीतौली बोल्नुपर्छ, अङ्कल, निर्धक्क भएर त्यहाँ मनका ढोका खोल्नै पाइँदैन । त्यहाँ निकटता छैन, आत्मीयता छैन, खुलापन छैन । परिवारमा पाइने जीवनको न्यानो त्यहाँ छैन । त्यसैले, अङ्कल, त्यहाँ जीवनजस्तो जीवननै छैन भने पनि हुन्छ । अहँ, त्यो त्यहाँ छँदैछैन । त्यहाँ त एकजना र अर्कोजनाको बीचमा खालि पर्दाहरु छन्, पर्खालहरु छन् । हैसियत नाउँका पर्दाहरु, सुरक्षा नाउँका पर्खालहरु, मर्यादा नाउँका पर्खालहरु । पर्दा र पर्खालभित्र नदेखिने कपट र झेलहरु छन्, फुर्तीफार्ती र अहंकारहरु छन् । आफू आफ्नै परम्परा, थिति र रीतिको झ्यालखानाभित्रको अभागी कैदीजस्तो । नशामा लठ्ठिएर त्यही झ्यालखानाको निसासबाट फुत्किन कालो पदार्थ खाएको रे दीपेन्द्रले । हो, उनले मलाई बयानमा बताएको कुरा यही त हो ।
मैले सोधें, “अनि बाबु, कालो पदार्थ खाएपछि त्यो रात तिमीले के के ग¥यौ ?”
“आफ्नी प्यारीलाई गुड नाइट भनेर अङ्कल, त्यो रात म घुप्लुक्क सुतें ।”
“अनि ?”
“अनि सपना देखें ।”
“कस्तो सपना, बाबु ?”
“कस्तो भने अङ्कल, मैले सपनामा बुबा महाराजलाई भेटेको रे । अनि बुबा महाराजसँग म देवयानी राणासँगै बिहा गर्छु भनेर मैले बिन्ती चढाएको रे । बुबाले हुन्छ भन्न पनि नसकेको रे, हुन्न भन्न पनि नसकेको रे । बुबाले तिमीले मुमालाई सोधेर, आफूमुमालाई सोधेर निधो गर्नू भनी हुकुम बक्सेको रे । अनि अङ्कल, म मुमा महारानीलाई सोध्न गएको रे । अनि मुमा महारानीले हुन्न–हुन्न, हुँदैहुन्न भनेर अड्डी लिइबक्सेको रे । मुमाले यो मिल्दैन, त्यो मिल्दैन भनेर अत्तो थापिबक्सेको रे, अङ्कल । अनि मेरो पालो म त्यही केटीसँग बिहा गर्छु, गरेरै छाड्छु भनेर मैले एकोहोरो जिद्दी गरेको रे । अनि मुमा महारानी रिसले आगो भइबक्सेको रे । अनि स्वास्नी चाहिने मलाई, रोज्ने हजुरले भनेर मैले कडा कुरा गरेको रे । अनि मुमा महारानी फन्किंदै बाहिर गइबक्सेको रे । अनि...”
दीपेन्द्रको आँसुमा भिजेको प्रेमकथा कतै नटुङ्गिने छाँट देखियो । त्यसैले मैले बीचैमा प्वाक्क सोधें, “अनि त्यो रात अरु के भयो, भतिज ?”
“अनि अङ्कल, मैले अर्को सपना देखें ।”
“के सपना बाबु ?”
“म हेलिकेप्टरमा चढेर गोर्खातिर गइरहेको रे अङ्कल । कति सुन्दर दृश्य, हकि ! हरिया डाँडापाखा, डाँडाका फेदीमा तल नागबेली परेर बगिरहेका नदीहरु, परपर अग्लाहोचा हिमालका कति हो कति ताँती । तर त्यतिखेर पनि अङ्कल, मलाई उही देवयानीको याद आइरहेको रे । जीवन साथी रोज्ने कुरामा यिनले किन यसरी भाँजो हालेका हुन् भनी मलाई नमज्जा लागिरहेको रे । दरबारको जीवन भन्नु पनि केही होइन रहेछ भनेर मलाई त्यसैत्यसै दिक्क लागिरहेको रे, अङ्कल ।”
भिजेको स्वरमा यति भनेर दीपेन्द्रले मेरा आँखा छल्न खोज्दै चोर औंलाले आँसु पुछ्यो ।
“भतिज दीपेन्द्र, नढाँटीकन भन — त्यो रात त्यसपछि के भयो ?”
“त्यसपछि, अङ्कल ?”
“हो, त्यसपछि ।”
“म हेलिकेप्टेरमा उड्दै थिएँ, बिथोलिएको मनमा यस्तैयस्तै कुरा खेलाउँदै थिएँ । अनि....”
“अनि के त ?”
“अनि मेरो टाउकोमा एक्कासि चट्याङ प¥यो, अङ्कल — ड्याङ्ग !”
“बाबु, सुकला गर्ने खोपीमा ?”
“हैन अङ्कल, हेलिकेप्टरमा ।”
“अनि अङ्कल, यसरी मेरो जिउने हक हरण गरियो ।”
यहाँनेर दीपेन्द्र भित्तामा मुख टाँसेर फेरि घुँक्कघुँक्क रुन थाल्यो ।
भुइँभरि छरिएका कागतका बग्रेल्ती टुक्रा देखाउँदै मैले सोधें, “अनि त्यो दीपेन्द्र को हो त ? बुबालाई गोली दाग्ने, ममीलाई मार्ने, भाइ–बहिनीलाई ढाल्ने त्यो दीपेन्द्र ?”
क्रोधले कराउँदै र दुई हत्केला हल्लाएर नकार्दै उसले भन्यो, “अङ्कल, त्यो दीपेन्द्र यो दीपेन्द्र होइन । त्यो अर्कै हो, मेरो नकाब भिरेको अर्को कोही डुप्लिकेट दीपेन्द्र ।”
त्यो सुनेर मैले मुख छोपें । मलाई लाज लाग्यो र मेरा आँखामा पनि उसका आँखामा जस्तै आँसु रसाए ।
भुइँभरि छरिएका कागतका बग्रेल्ती टुक्रा देखाउँदै मैले सोधें, “अनि त्यो दीपेन्द्र को हो त ? बुबालाई गोली दाग्ने, ममीलाई मार्ने, भाइ–बहिनीलाई ढाल्ने त्यो दीपेन्द्र ?”
क्रोधले कराउँदै र दुई हत्केला हल्लाएर नकार्दै उसले भन्यो, “अङ्कल, त्यो दीपेन्द्र यो दीपेन्द्र होइन । त्यो अर्कै हो, मेरो नकाब भिरेको अर्को कोही डुप्लिकेट दीपेन्द्र ।”
त्यो सुनेर मैले मुख छोपें । मलाई लाज लाग्यो र मेरा आँखामा पनि उसका आँखामा जस्तै आँसु रसाए ।
“अङ्कल,” दिपेन्द्रले विनम्र स्वरमा पुकारा गर्यो ।
बोली हराएझैँम मौन रहें ।
“त्यो दीपेन्द्र यो दीपेन्द्र होइन भनेर तपाईं एक बचन बोलिदिन सक्नुहुन्छ ? म अनाथका लागि जनी गरेर अङ्कल....”
“बाबु दीपेन्द्र !” लाचारी प्रकट गर्दै मैले भनें, “सबैतिर गोलीको एकछत्र राज चलेको देख्छु । यतिका गोलीका मुखेन्जी मेरो स्यानो बोली....”
“अङ्कल, तपाईंका मुखबाट यस्तो बचन सुन्नु पर्ला भनेर मैले चिताएको थिइनँ । म तपाईंको पिंडीमा आएको इन्साफको भिखारी....”
उसले एक टकले मेरा आँखामा हेर्यो । मैले एक टकले उसका आँखामा हेरें । उसका आँखाबाट बलिन्द्र धारा आँसु बग्न थाले । मेरा आँखाका कोस–कोसमा पनि आँसु रसाए । अनि दीपेन्द्रका मुखबाट अचानक् यति चर्को चित्कार विस्फोट भयो, सातोपुत्लो उडेझैँगरी म झसङ्ग भए ।
कथा सकियो । यो मैले देखेको एउटा दुःखद् सपना हो ।
अन्तर्क्रिया प्रकाशन प्रा.लि.द्वारा प्रकाशित ‘इतिहासमा कालो पोतिएको अनुहार’बाट साभार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु
-
३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि
-
पूर्वप्रधानमन्त्री चन्द भन्छन्– राष्ट्रपतिसहित सांस्कृतिक राजा आवश्यक छ
-
अमेरिकी राष्ट्रपति निर्वाचन : धेरै राज्यहरूमा मतदान समाप्त
-
स्पोर्टिङसँग सिटीको लज्जास्पद हार
-
कांग्रेस–एमाले उम्मेदवार छान्दै, माओवादी र नागरिक उन्मुक्ति भोट माग्दै