स्पेनी प्रधानमन्त्री सान्चेज लकडाउनको समय थप गर्न संसदको अनुमति पर्खंदै
एजेन्सी । स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले स्पेनमा अन्तिम पटक थप अन्तिम दुई साताका लागि बन्दाबज्दीको समय बढाउनका लागि संसदको अनुमति माग्नुभएको आइतबार सरकारी अधिकारीले जानकारी गराएका छन् ।
उनले स्पेनमा कोरोनाभाइरसको सङ्क्रमण तुलनात्मक रूपमा पहिलेभन्दा कम भउको भए पनि अझै पूर्ण नियन्त्रणमा आइ नसकेको भन्दै आगामी जुन २१ गतेसम्म बन्दाबन्दी (लकडाउन) लाई बढाउने सोचका साथ अघि बढेका हुन् ।
स्पेनमा जुन ७ मा लकडाउनको अवधि सकिँदैछ । समाजवादी विचार राख्ने प्रधानमन्त्री साञ्चेजले आइतबार एक पत्रकार सम्मेलनमा आफुले लकडाउनको अवधिलाई अन्तिम पटक दुई हप्ता बढाउन चाहेको बताएका छन् ।
उनले कोभिड–१९ का कारण निकै ग्रस्त बनेको स्पेनले कोरोना भाइरसविरूद्धको लडाईको उत्तराद्र्धतिर पुगेको भएपनि समस्या पूर्ण नियन्त्रणमा भने आइनसकेको बताएका छन् ।
स्पेनी जनताले अन्त्तः कोरोनाविरूद्धको लडाईमा हजारौ नागरिकको ज्यान गएपनि सावधानीका कारण थप धेरै क्षति हुन नसकेको बताए । प्रधानमन्त्रीको प्रस्तावमाथि बुधबार संसदले निणैय दिने अपेक्ष गरिएको छ । संसदमा प्रधानमन्त्रीको गठबनधन अल्पमतमा रहेकोले अन्य दलबाट समर्थन नभएमा प्रस्ताव पास हुन सक्दैन । मध्यवादी सिउदादेअस पार्टीको समर्थन भएमा संसदमा प्रस्ताव पारित हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन