शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउन घटाउन माग

आइतबार, १८ जेठ २०७७, २१ : २३
आइतबार, १८ जेठ २०७७

काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना रोकथाम नियन्त्रणमा सरकारले आवश्यक तयारी गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै  लकडाउन र कारोनाको प्रभावकारी नियन्त्रणमा सरकार गम्भीर नबनेको भन्दै ध्यानाकर्षण गराएको हो । 

प्रतिष्ठानले विज्ञहरूको वृहत समूहहरू बीच गरेको अनलाइन छलफल तथा विमर्शबाट कोभिडको विरूद्धमा सरकारले चालेका उपाय अपुग छ भन्ने निष्कर्ष समेत निकालेको छ ।

विज्ञप्तिमा विज्ञको समूहले निकालेका ५ निष्कर्षबारे सरकारको ध्यानाकर्षणसमेत गरिएको छ । सरकारले कोभिड–१९ विरुद्ध राष्ट्रिय सहमति सिर्जना गर्ने कुरामा कमी देखिएको प्रतिष्ठानको ठहर छ ।

भौतिक दूरी तथा संक्रमण रोकथामका उपाय कायम राख्ने, आपूर्ति शृंखला सुरू गर्ने तथा मानवीय संसाधन,  मानसिक स्वास्थ्य, पोषण तथा निजी सार्वजनिक तथा प्राज्ञिक संस्थाका स्वास्थ्य सेवाहरूको पुनरसंरचना गरेर पूर्ण सेवा सुरु गर्न स्वास्थ्य संस्थाका सेवा दायकहरूको सुरक्षा बढाउन थप ध्यान पु¥याउनुपर्नेमा जोड दिइएको छ ।

प्रतिष्ठानले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव न्यून गर्न तथा जनताको सामाजिक तथा मानसिक सुस्वास्थ्य कायम गर्नको लागि बन्दाबन्दी घटाऊँदै जानुपर्नेमा समेत जोड दिएको छ ।

भारतलगायत विदेशमा रहेका थप नागरिक देश फर्किने अनुमान र कोभिड–१९ संक्रमण पुष्टि भएको बढ्दो संख्यालाई ध्यानमा राख्दै सरकारले सार्वजनिक निकायबाहिर रहेका  प्राविधिक विज्ञहरूको समेत सहयोगमा  क्वारेन्टाइनको क्षमता तथा व्यवस्थापनको गुणस्तर अविलम्ब सुधार गरिनु माग गरिएको छ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप