शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्ती नदीमा डोजर प्रयोग, स्थानीयबासी र ठेकेदार पक्षबीच झडप

आइतबार, १८ जेठ २०७७, २० : ०५
आइतबार, १८ जेठ २०७७

 जेठ । दाङको देउखुरीमा शनिबार राप्ती नदीमा डोजरहरु प्रयोग गरी अबैधानीक ढंगले दोहन गरेको भन्दै स्थानीयहरू र ठेकेदार पक्षबीच झडप भएको छ । 

गढवा गाउँपालिका क्षेत्रका ठेकेदारले गढवा १ मलमला क्षेत्रको राप्ती नदीमा स्काभेटर प्रयोग गरी अत्यन्तै गहिरा खाडल खनेर नदिको धारनै बदल्ने गरी दोहन गर्न थालेपछि गढवा गाउँपालिका अन्तर्गतका हात्तीढुंगा, टहंडा, धोद्रेखोला , कालाकाटे,जुरौनी,मलमला, बडहरा लगायत र राप्ती गाउँपालिकाको भालुबाङ,पाखापानी, कटाहा, खुरुरीया, बसन्तपुर लगायतका बस्तीहरुबाट झण्डै ७ सय जना भन्दा बढी जनताहरुले नारा जुलुस गर्दै नदिबाट स्काभेटर हटाउने क्रम्मा ठेकेदार पक्षका झन्डै १०० बढी ब्यक्तीहरुले ठुला ठुला लाठाहरुमा काँटी ठोकेर प्रतिकार गर्दा प्रहरीलाई छुटाउन हम्मे हम्मे परेको थियोे भने केही समय दुबै पक्ष बिच झडप हुँदा गढवा गाउँपालिकाका ठेकेदार पक्षले आफ्ना स्काभेटर र टिप्पर हटाएका थिए ।


दाङ देउखुरीको राप्ती नदीमा स्थानीय तहहरुले नियम ,कानुनको उलंघन गर्दै स्काभेटर प्रयोग गरी ३र४ मिटर गहिराइका खाडलहरु बनाई ठुलो मात्रामा नदिजन्य पदार्थ उत्खनन गरि ट्रिप्परद्वारा नजिकका क्रेसर ब्यबसायीहरु सम्म पुरयाएको अवस्थामा देउखुरी स्थित गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका स्थानीय दिनहुँ जसो आन्दोलित हुने गरेका हुन् ।


सगुन कन्ट्क्सनका सन्चालक बिकास पुनसहितका ठेकेदार झडप भएपछि खोलाबाट भागेका थिए । गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादबले स्थानीय र ठेकेदारबीच झडप भएको र लकडाउनमा खोलामा उत्खनन गर्न गएपछि स्थानीयले ठेकेदारलाई लखेटेको बताए ।

 उनले राजश्व तिरेर नै ठेक्कामा दिएको भएपनि लकडाउन र सर्बोच्चमा मुद्धामा परेकाले ग्राभेल उठाउन नपाएको र ठेक्काको समय सकिदै गर्दा खोलामा उत्खनन् गर्न गएपछि स्थानीयहरु आएको र पछि स्थानीय र ठेकेदारबीच झडप भएको र त्यो ठेक्का बिकास पुनले पाएको र उनीहरुको टोलिले ग्राभेल उठाएको जानकारी दिए । 

उनको पार्टनरकारुपमा ज्ञानु केसि पनि छन । उनिहरुले तस्करि गर्दै आइरहेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप