शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोरङमा चार्टर्ड एकाउन्टेण्ट संघको नेतृत्व परिवर्तन

आइतबार, १८ जेठ २०७७, १९ : ४९
आइतबार, १८ जेठ २०७७

विराटनगर । नेपाल चार्टर्ड एकाउन्टेण्ट संघ मोरङको नेतृत्व परिवर्तन भएको छ । लकडाउनका कारण अनलाईनमार्फत बसेको चार्टर्ड एकाउन्टेण्टहरुको बैठकले अस्वानी बन्सालको संयोजकत्वमा ८ सदस्यीय जिल्ला कार्य समिति निर्माण गरेको हो ।

समितिको महासचिवमा मनोज अधिकारी र कोषाध्यक्षमा तीर्थ यादव चयन भएका छन् । त्यस्तैगरी सदस्यहरुमा अमिर न्यौपाने, सन्जय बन्साल, अनिल प्रसाई, रुपा अग्रवाल र किन्जल पोखरेल सर्वसम्मत चयन भएका छन् । समितिको बैठकले सुशिल अग्रवाल, पवन राठी, पियुस लुनिया र सुरज तिम्सिनालाई सल्लाहकारमा चयन गरेको छ ।

राजधानी बाहिर चार्टर्ड एकाउन्टेण्ट संघका चार वटा समिति बिस्तार भइसकेका छन् । प्रदेश नं.१ मा लेखा व्यावसाय तथा सेवा क्षेत्रमा करिव ६० जना चार्टर्ड एकाउन्टेण्ट कार्यरत रहेको नव गठित समितिका सदस्य अमिर न्यौपानेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप