मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गुजरा नगरपालिका - ४ का वडाध्यक्ष गिरी तारेखमा रिहा

आइतबार, १८ जेठ २०७७, १९ : २४
आइतबार, १८ जेठ २०७७

रौतहट । प्रहरीमाथि आक्रमण गराएको आरोपमा पक्राउ परेका रौतहटको गुजरा नगरपालिका वडा ४ का अध्यक्ष पवनराज गिरी पक्राउ परेको तेस्रोदिन आइतबार रिहा भएका छन् ।

वडा अध्यक्ष गिरीमाथि संक्रमक रोग एन २०२० अन्तर्गत प्रहरीले मद्दा दर्ता गरी कानुुनी प्रक्रिया अनुसार आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटबाट उनी तारेखमा रिहा भएका हुन ।

वडा अध्यक्ष गिरीलाई १५ दिनको तारेख दिएर पठाइएको र घटनाबारे थप अनुुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधी तिवारीले बताए ।

गुुजरा नगरपालकास्थित उपमेयर रौषनखातुुन शेख र वडा अध्यक्ष गिरी बिच क्वारेन्टिन सम्बन्धि विवाद हुँदा केही स्थानीयले ढुुंगामुढा गर्दा ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख चन्द्रकिशोर साह घाइते भएको थिए । उक्त घटनामा वडाध्यक्ष गिीलाई प्रहरीले पक्राउ गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप