शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले क्वारेन्टिनका नाममा कोरोना रोग उत्पादन गर्ने कारखाना बनायो : नैनसिंह महर

आइतबार, १८ जेठ २०७७, १९ : १३
आइतबार, १८ जेठ २०७७

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले देशभरका क्वारेन्टिनमा नागरिकले उपचार नै नपाई ज्यान गुमाउन थालेको पनि सरकार संवेदनहीन बनेको बताएको छन् । नागरिकहरुको कारोना परीक्षण समेत नहुँदा क्वारेन्टिन भित्रै मृत्युवरण गर्न बाध्य भएको बताउँदै महरले मापदण्ड नपुर्याएर बनाइएका क्वारेन्टिन कोरोना रोग उत्पादन गर्ने कारखाना बनेका बताएका हुन् ।
 
नागरिकहरु परीक्षण समेत न पाएर क्वारेन्टिन भित्रै मृत्यु वरण गर्न बाध्य छन। मापदण्ड न पुर्याई बनाइएका क्वारेन्टिन कोरोना रोग उत्पादन गर्ने कारखाना बनेका छन,  महर भने,सरकार संवेदनहिन बन्दै गएको छ। 

नेता महरले जनताको स्वास्थ्य र विश्व स्वास्थ्य संगठनको ख्याल गरेर देशभरका साना ठूला सबै होटेललाई क्वारेन्टिन बनाउन सरकारसँग जोडदार माग गरे । पछिल्लो समय देशभर क्वारेन्टिनमै मृत्यु हुनेको संख्या बढेको छ । आज मात्रै सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र बाजुरा जिल्लामा गरी २ जनाको मृत्यु भएको छ ।

मृत्युपछि कोरोना भाइरस पोजिटिभ रिपोर्ट आएको छ । यसरी उपचार नपाई क्वारेन्टिनमै नागरिकले ज्यान गुमाउन थालेपछि सरकार गम्भीर बन्नुपर्ने आवाज उठिरहेका छन् । कोरोनाबाट मुत्यु भएका ८ जना मध्ये ६ जनाले उपचार नै नपाइ ज्यान गुमाएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप