शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई स्वास्थ्यकर्मीसहित दाङका थप ९ जनामा कोरोना पोजेटिभ

आइतबार, १८ जेठ २०७७, १८ : ५७
आइतबार, १८ जेठ २०७७

दाङमा थप दुई स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना पिसिआर परीक्षणमा दाङका ९ जनाका कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

जस अनुसार तुलसीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २, राप्ती गाउँपालिका र लमही नगरपालिकाका १/१ जना जनामा कोरोना पुष्टि भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का १ जना, वडा नं. १५ का १ जना र वडा नं १६ का ३ जना रहेको पाइएको छ । 

योसँगै दाङमा संक्रमितहरुको संख्या ३४ पुगेको छ । दाङमा देखिएका सबै भारतबाट भरखरै मात्र आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप