शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

आइतबार, १८ जेठ २०७७, १८ : १८
आइतबार, १८ जेठ २०७७

काठमाडौँ । कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताए । 

उनले दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुष र बाजुराकी २ वर्षीया बालिकाको मृत्यु भएको जानकारी दिए । पछिल्लो समय बाजुरामा एक साताअघि भारतबाट आमाबुबासँग नेपाल आएकी दुई वर्षकी बालिकाको मृत्यु भएको हो । बालिकाको आज बिहान २ बजेर ३० मिनेटमा मृत्यु भएको प्रवक्ता देवकोटाले बताए । 

दैलेख दुल्लुका पुरुषको जेठ १७ गते शनिवार राति मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या आठ पुगेको छ । 

यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा पनि १–१ जनाको मृत्यु भएको थियो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप