संविधान संशोधन प्रस्तावबारे जसपा नेपाल छलफलमा
काठमाडौं । सरकारले संविधानलाई संशोधनका लागि लगेको विद्येयक संसदमा पेस भएपछि जनता समाजवादी पार्टी नेपाल पनि अर्को संशोधन विधेयक दर्ता गराउन छलफलमा जुटेको छ । सिंहदरवारस्थित तत्कालिन समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा संशोधन विधेयक दर्ता गराउने विषयमा छलफल चलिरहेको छ ।
सो पार्टीका नेताहरु शुक्रबार तत्कालिन राजपा नेपालकै तर्फबाट संविधान संशोधनको विधेयक दर्ता गराउन संसद सचिवालयमा पुगेका थिए । तर सभामुख अग्नी सापकोटासँग छलफल गर्नुपर्ने भन्दै संसद सचिवालयका पदाधिकारीले नेताहरुलाई फर्काएका थिए । शुक्रबार पनि तत्कालिन समाजवादी पार्टीका सांसदहरु संसद सचिवालय पुगेका थिए तर पार्टीका शीर्ष तहका नेताहरुलाई त्यहाँ नदेखेपछि उनीहरु फर्केका थिए ।
आज तत्कालिन दुवै पार्टीका नेताको बीचमा छलफल चलिरहेको छ । तत्कालिन राजपा नेपालले लगेको संविधान संशोधन प्रस्तावमा तत्कालिन समाजवादी पार्टीबाट पनि केही बुँदा थपिने विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए । सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावमा मतदान गर्ने कि नगर्ने विषयमा पनि जसपा नेपालले छलफल गरिरहेको छ ।
हिजो बसेको तत्कालिन राजपा नेपालको संसदीय दलको बैठकले सरकारले नेतृत्व गरेको नेकपाले आफूहरुले माग गरेको विषयमा संविधान संशोधन गर्न सहयोग नगरे आफूहरुले पनि सरकारको प्रस्तावमा सहयोग नगर्ने निर्णय गरेको थियो । तर त्यस विषयमा तत्कालिन समाजवादी पार्टीका नेताहरु मौन थिए । आज यो विषयमा पनि दुई दलको विषयमा छलफल भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना