नारायणी अस्पतालमा डायलासिस सेवा सुचारु
पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालमा आईतबारबाट मिर्गौलाका बिरामीको डायलासिस सेवा सुरु भएको छ । सो अस्पतालले नेशनल मेडिकल कलेजमा पठाएको मिर्गौलाका बिरामीलाई ल्याएर सेवा दिन थालेको हो । वीरगन्जमा पहिलोपटक कोरोनाका ३ जना भारतीय संक्रमित भेटिएपछि नारायणी अस्पतालमा भर्ना गरि कोबिड–१९ का लेबल २ अस्पताल बनाइएको थियो । त्यससँगै गत वैशाख २ गतेबाट डायलासिस सेवा बन्द गरिएको थियो ।
अस्पतालमा भर्ना गरिएका ७२ जना कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर गएपछि अस्पतालाई निसंक्रमण गरि आइतबारबाट साधारण उपचार शुरु गरिएको हो । आइतवारबाट अस्पतालमा डायलासिस सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
कोभिड अस्पतालमा परिणत भएपछि पनि आकस्मिक कक्षबाट सर्पदंश उपचार सेवा, फिभर क्लिनिकबाट सेवा दिँदै आएको मेसु उपाध्यायले बताए । कोरोना संक्रमीत सबैलाइ निको बनाएर घर पठाएपछि खाली भएको नारायणी अस्पताललाइ सरसफाइ र निसंक्रमण गरेर आइतवारदेखि साधरण अस्पतालमा परिणत गरिएको उनको भनाई छ । सरकारले कोभिड १९ अस्पताल बनाएपछि अस्पतालमा बन्द गरिएको साधारण उपचार सेवा सूचारुको माग गर्दै वीरगन्जका राजनीतिक दल, विभिन्न संघसंस्था र नागरिक समाजले दबाब दिँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार