शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यामाहा फेस्सिनो १२५ एफआई स्कूटर अब नेपालमाः आकर्षक ५ भिन्न रङ्गहरुमा उपलब्ध

आइतबार, १८ जेठ २०७७, १५ : ५३
आइतबार, १८ जेठ २०७७

काठमाडौं– नेपालको लागि यामाहा टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक एम.ए.डब्लु  इन्टरप्राइजेजद्वारा क्लासिक युरोपियन स्टाइलको फेस्सिनो १२५ सीसीको स्कूटर बिक्री सुरु गरेको छ ।

यो सँगै यामाहाले १२५ सीसी स्कूटरको समूहमा प्रवेश गरेको घोषणा गरेको छ । यो नयाँ स्कूटर उत्साहजनक नयाँ विशेषताहरु, प्रविधिहरुका साथ प्रस्तुत गरिएको छ र यो विभिन्न चित्ताकर्षक रङ्गहरुमा उपलब्ध भएको छ ।

सम्पूर्ण नयाँ फेस्सिनोले १२५ एफआई इन्जिनका साथ प्रभावकारिता सिर्जना गर्दछ, जुन बीएस–भीआई कम्लियन्ट, फ्यूल इन्जेक्टेड –एफआईद्वारा सशक्त छ भनें जसबाट पावर क्षमता प्लस३०प्रतिशत उत्पादन गर्छ र इन्धन खपत प्लस१६प्रतिशत ज्यादा गर्छ । 

यो ९९ केजी तौलको रहेको छ । जसलाई सजिलै चलाउन सकिन्छ र यो जस्तै समूहमा अत्यन्त हलुका स्कूटर पनि हो । फेस्सिनो १२५ रोक्ने र चलाउने प्रणालीमा आधारित भएकोले यसले इन्जिन निष्क्रिय हुनलाई रोक्छ र पछि तुरुन्तै थ्रटलको एकल मोडका साथ चल्छ, जसले हाँक्ने वातावरणको पहुँचमा पुग्न सेन्सरहरुको प्रयोग गर्दछ । 

नयाँ फेस्सिनो १२५एफआईमा स्मार्ट मोटर जेनेरेटर (एसएमजी) पनि जडान गरिएको छ, जसले विद्युतीय नियन्त्रणहरु प्रयोग गरेर बटनलाई एक दवाब दिने बित्तिकै सजिलै इन्जिन सुचारु गराउँछ र अन्तर्राष्ट्रिय यामाहा सिरिजहरुमा भए जस्तै साइड स्ट्याण्ड इन्जिन कट–अफ स्वीच पनि यसमा रहेको छ । 

यो स्कूटरले एकीकृत ब्रेकिङ्ग प्रणाली (युबीएस) र डिस्क ब्रेकका साथ लगातार ब्रेकिङ्ग शक्तिको पनि प्रयोग गर्दछ । फेस्सिनोको डिजाइन ती व्यक्तिहरुलाई लक्षित गरेर बनाइएको छ जो आफूले सवारी चलाउँदा उनीहरुको व्यक्तित्वको सही प्रतिनिधित्व त्यसमा देखियोस् र यसले उच्च माइलेज रेकर्डका साथ उत्कृष्ट पर्फरमेन्स प्रदान गरोस् भन्ने चाहन्छन् ।

नवीन विशेषताहरु र प्रविधिहरुका साथसाथै फेस्सिनो १२५एफआई को बनावट क्लासिक युरोपियन स्टाइलमा टड्कारै देख्न सकिन्छ, जसमा यसले सम्पूर्ण नयाँ बाह्य डिजाइन, हेडलाइट, गेज र अरु विशेषताहरु प्राप्त गरेको छ, जसबाट सुन्दरताको अनुभूति जगाउँछ । फेस्सिनो १२५एफआई ५ भिन्न भिन्न रङ्गहरुमा आएका छन् ।

यामाहा नेपालका बजार प्रमुख विक्रम शर्मा पौडेललले भने, ‘फेस्सिनो अझै पनि यामाहा परिवारमा हामीले सुन्दै आएको एक ख्यातिप्राप्त नाम हो । हामीले फेस्सिनोलाई एक शक्तिशाली इन्जिनका साथ सुसज्जित मात्र गरेका छैनौ साथमा प्रमुख स्टाइलहरुमा पनि परिमार्जन गरेका छौं । योसँगै नयाँ फेस्सिनो १२५ एफआईले यसका अघिल्लो मोडलले जस्तै परम्परा कायम गर्ने निश्चित छ र आजका पुस्ताका बढ्दो आवश्यकताहरुलाई पूरा गर्न सक्नेछ ।’

लकडाउनका कारण घरमै बस्नुपर्ने अवस्थालाई मध्यनजर राखेर एम.ए.डब्लुले नेपालभरका लागि अनलाइन सर्भिसमार्फत् सेवा पु¥याउन आफ्ना ग्राहक सहायता टिमलाई बुकिङ्गमा सहयोग प्रदान गर्न परिचालन गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप