बर्दियासँग जोडिएको भारतीय सीमा बन्द
आइतबार, १८ जेठ २०७७, १५ : ०५
बर्दिया । बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण बन्दाबन्दी अवस्थामा पनि भारतबाट लुकिछिपी आउने क्रम नरोकिएपछि यस्तो निर्णय गर्नुपरेको नगर प्रमुख गणेशबहादुर क्षेत्रीले बताए ।
उनका अनुसार नगरभित्र कोही कोरोना सङ्क्रमित भेटिएका अवस्थामा बर्दियामा रहेको जिल्ला समन्वय समितिको भवनमा बनाइएको आइसोलेशनमा राखेर उपचार गरिने छ । शय्या सङ्ख्या अपुग भएमा कोरोना सङ्क्रमितलाई उपचार गर्नका लागि मधुवनमै आइसोलेशन वार्ड निर्माण गरिने जानकारी उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ