बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा तत्काल कोरोना परीक्षणको दायरा बढाउन माग

आइतबार, १८ जेठ २०७७, १४ : ०८
आइतबार, १८ जेठ २०७७

काठमाडौं । सरुवा रोग विशेषज्ञहरुले काठमाडौँ उपत्यकामा  कोभिड–१९ को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग गरेका छन् ।   जनघनत्व र  चहल पहलले सङ्क्रमणको सम्भावित जाखिम बढाउने हुँदा  थप परीक्षण बढाउन आवश्यक रहेको सरुवा रोग विशेषज्ञ डा.अनुप सुवेदीले बताए ।

उनका अनुसार कोरोना भाइरस काठमाडौँ उपत्यकामा आयातित हो भन्ने अवस्था अब छैन । गत जेठ पहिलो साता एकजना सुत्केरीको मृत्युलाई आधार मान्दै अब कोरोना भाइरसको काठमाडौँमा नै सङ्क्रमण छ भन्न सकिन्छ ।  

‘बाहिरबाट आएका मानिसलाई मात्रै परीक्षण गर्ने होइन, मानिसको बढी जनघनत्व भएको स्थानमा पनि तत्काल परीक्षण गर्न आवश्यक छ ।’ उनले भने  ।   सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोला काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाकामा अत्यावश्यकबाहेक सबै सवारी आवागनमा रोक लगाई थप कडा गर्नुपर्ने बताउँछन् । लुकीछिपी अझै पनि मानिस बाहिरबाट आउने क्रम रहेको हुँदा त्यसलाई तत्काल रोकी आएकालाई परीक्षणको दायरामा ल्याउन उनी सुझाव दिन्छन् । 
    
स्थानीय तहले पनि सम्भावित स्थानमा परीक्षणको दायरा बढाउन आवश्यक छ । कुनै एक स्थानमा परीक्षण गरी बस्ने अवस्था नभएको पनि उनको भनाइ छ  ।  काठमाडौँ उपत्यकामा हालसम्म पनि क्वारेन्टिन सञ्चालन गरिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप