के बेकारमा ३ घण्टा बजेट भाषण गर्ने, २ महिना लकडाउन भइसक्यो: राजेन्द्र महतो
काठमाडौं । जनता समाजवादीका नेता राजेन्द्र महतोले राज्यको चरित्रअनुसार बजेट पनि त्यस्तै आएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले जारी गरेको आगामी आर्थिक वर्षको बजेटमाथि बोल्दै उनले जनता उत्साहित गर्ने बजेट नभएको उल्लेख गरे ।
शासक वर्ग छोडेर आमजनता बजेटबाट कति उत्साहित छ त्यो महत्वपूर्ण रहने बताउँदै हरेक वर्ष जनता उत्साहित हुन नसकेको बताए । बजेट निराशाजनक भएकोले के टिप्पणी गर्ने भन्दै प्रश्न गरे । राज्यविहिन र राष्ट्रियता नभएका, सिमान्तकृतहरुलाई पछाडि पार्ने गरी बजेट आएको बताए । शासन पक्षका लागि बजेट ल्याएको भन्दै औपनिवेशिक मान्यताको बजेट भएको उनको भनाई थियो ।
विगत ५ सय वर्षदेखि औपनिवेशिक मान्यतामा बजेट आएको उनको दावी थियो । आफूलाई दाता र अरुलाई बक्सिस दिने हिसाबले बजेट बनाउने गरेको बताउँदै उनले नेपाली जनता यसको शिकार भएको बताए । राज्यको चरित्रअनुसार उसले कानून बनाउने, संविधान बनाउने, बजेट ल्याउने बताउँदै मधेशी, जनजाती, थारु पीडित भएर बस्नुपर्ने र अल्पसंख्यक शासक भएरले दान दिएजस्तो बजेट दिने गरेको नेता महतोले बताए ।
कोरोना संक्रमणका बेला जनताको स्वास्थ्य कसरी रक्षा गर्न सकिन्छ बजेटमा त्यस्तो केही नभएको उल्लेख गरे । लकडाउन भएको २ महिना भएको, जनताले खान नपाएको बेला जनताप्रतिको दायित्व पूरा नगरी ३ घण्टा बजेट भाषण गरेर के हुन्छ भन्दै उनले प्रश्न गरे ।
बजेट भाषणमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भनेपनि जनताहरु भोकले मरिरहेको उनले बताए । सप्तरीको टोमलाल मुसहर, धादिङको सुर्यबहादुर तामाङ, धनुषाको वीरेन्द्र यादव भोकै मरेको भन्दै सरकारको अलिकति पनि नैतिकता नभएको बताए । उनले मोरङमा एक सुत्केरी महिना भोकै परेर बिरामी भएको उदाहरण उनले दिए ।
उनले ८९ प्रतिशत बजेट केन्द्रमा राखेको भन्दै कसरी संघीयता बलियो हुन्छ भन्दै प्रश्न गरे । उनले तराइको जमिन मरुभूभी हुन लागेको, वन सखाप पारिएको, ३० लाख मानिस पहाडबाट तराईमा राखिएको भन्दै आलोचना गरे । उनले कोरोना भाइरसको त्रासका बीच सरकारले सुकुम्बासी आयोग गठन गरेकोमा विरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि