शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कृषि क्षेत्रमा बजेट कम भयो, रकमान्तर गरेर भए पनि बढाउनुपर्छः सुरेन्द्र पाण्डे

आइतबार, १८ जेठ २०७७, १३ : ०१
आइतबार, १८ जेठ २०७७

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कृषि क्षेत्रमा छुट्टाइएको बजेट कम भएको बताएका छन् । उनले कृषि क्षेत्रमा बजेट बढाएको भए पनि त्यो बजेटले बजेटले तोकेका लक्ष्यहरु पूरा गर्न नसक्ने बताएका हुन् ।   उनले अहिलेको बजेटमा किसानहरुलाई बाली बाली लगाउनुपूर्व नै किसानलाई बालीको न्यूनतम समर्थन मूल्य दिने विषय सकारात्मक भए पनि त्यो पैसा कहाँबाट ल्याउने भन्ने विषय अन्यौलमा रहेको बताए । 

उनले फागुनसक्क कृषि क्षेत्रको आयात ४५ अर्बको रहेको भन्दै कोरोना महामारीका कारण विदेशबाट स्वदेश फर्कनेको संख्या बढ्दै जाँदा यसले आयात बढाउने भएकोले कृषि क्षेत्रको उत्पादन बढाउनेतिर ध्यान दिनुपर्ने र त्यसका लागि अर्को क्षेत्रबाट रकमान्तर गरेरै भए पनि यो क्षेत्रको बजेट बढाउन आग्रह गरे । 

उनले यो वर्षको बजेटलाई महत्वाकांक्षी नभएको तर चुनौतीपूर्ण भएको रुपमा टिप्पणी गरेका छन् । यो वर्ष पुँजीगत खर्चको हिस्सा घटेको, राजश्व भन्दा खर्चकको अनुमान धेरै भएको भन्दै ऋण लिएर घ्यु खाने अवस्था नआउन सचेत हुनुपर्ने बताए । 

उनले प्रदेश र स्थानीय तहमा जाने बजेट नघट्नु, देशभर अस्पतालहरु निर्माण गर्ने लक्ष्य लिइनु जस्ता विषय सकारात्मक भएको भन्दै रोजगारीका सम्बन्धमा रहेका विभिन्न कार्यक्रमलाई अनुगमन गर्न एउटा संयन्त्र बनाउनुपर्ने बताए ।  नेपाल राष्ट्र बैंक अन्तर्गत पुनकर्जा कोषमा रकम जुटाउने विषयमा पनि उनले चासो देखाए । त्यस्तै, औद्योगिक क्षेत्र निर्माणको कुरा नीति तथा कार्यक्रममा आए पनि बजेटमा नआएकोमा उनले ध्यानाकर्षण समेत व्यक्त गरे । 

उनले फास्ट्रट्याकमा रकम अपुग नपुगेको भन्दै तीब्र गतिमा काम अघि बढेमा अर्को दुई वषै ७५–७५ अर्ब रुपैंया छुट्टाउनुपर्ने अवस्था रहेको भन्दै त्यो रकम कसरी जुटाउने भन्ने विषमा ध्यान दिन आग्रह गरे ।  उनले रासायनिक मल र इन्डक्सन चुल्होमा भन्सार दर नबढेको दाबी गर्दै इलेक्ट्रिक भेहिकलमा बढेको करलाई पनि पुनरावलोकन गर्नुपर्ने बताए । 

उनले विदेशी सहायताको हाम्रो कार्यान्वयनको क्षमता ५० प्रतिशत मात्रै भएको त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता महशुस समेत गरे । उनले बजेटले आशा जगाउने काम गर्ने सम्बन्धमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सकारात्मक भए पनि यो निकै चुनौतीपूर्ण भएको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप