करिश्मा लेख्छिन्– ‘डरै डरमा वर्षौ जिउनुभन्दा डररहित निश्चिन्त भएर एक दिन बाँच्नु धेरै उत्तम’
काठमाडौं । सदाबहार सुन्दरी अभिनेत्री करिस्मा मानन्धरले डररहित भएर जिउन सुझाएकी छन् । कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनमा घरभित्रै सिमित रहेकी करिश्माले सामाजिक सञ्जालमार्फत सबैमा सो कुरो बताएकी छन् ।
उनले लेखेकी छन्, ‘डरै डरमा वर्षौ जिउनुभन्दा डररहित निश्चिन्त भएर एक दिन बाँच्नु धेरै उत्तम ।’ कोरोनाको कहरका कारण डरमा रहेकाहरुको मनोबल बढाउन उनले यो कुरा लेखेकी हुन् । मानिसको मनमा जब डरले डेरा स्थान पाउँछ, तव आत्मबल कमजोर हुन्छ भन्ने कुरो राम्ररी बुझेकी करिश्माले यहि कुरालाई मध्यनजर गरेर डररहित भएर बाँच्न सुझाएकी हुन् । उनको यो बिचारलाई धेरैले राम्रो भन्दै प्रतिक्रिया दिएका छन् ।
फिल्म निर्माण र अभिनयमा ब्यस्त रहेकी करिश्मा कलेज विद्यार्थी पनि हुन् । लकडाउनले फिल्म क्षेत्र मात्र होइन अध्ययन समेत प्रभावित भएकोमा उनी चिन्तित छन् । बेलाबेलामा सामाजिक कार्यमा समेत अग्रसर उनले केही दिन पहिले लकडाउनका कारण पीडित बनेका केही मजदुरहरुका राहत समेत वितरण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा