लिपुलेक, कालापानी लगायत सीमाको बिषयमा लबले बनाए ‘हाम्रो धर्ती’
काठमाडौं । पछिल्लो समय लिपुलेकमा भारतीय तर्फबाट सडक निर्माण गरेपछि नेपाल–भारत सीमा विवाद चर्किंदै गएको छ । केही समय पहिला भारतले आफ्नो नक्सा जारी गर्दै लिपुलेक, लिम्पियाधुरा, कालापानी भारततर्फ भएको सार्वजनिक गरेको थियो ।
त्यसको विरोध हुँदा हुँदै भारतले सडक नै निर्माण गरेपछि नेपाल तर्फबाट पनि सोही भूभाग नेपालकै हो भनेर नक्सा सार्वजनिक गरिएको छ । तर भारतले यो स्विकारेको छ्रैन ।
यहि विषयमा गायक लब कुमार भट्टले नयाँ गीत ‘हाम्रो धर्ती’ सार्वजनिक गरेका छन् । पत्रकार सुमन पण्डितको शब्द एवं विश्वास नेपालको संगीत रहेको गीतमा गायक भट्टसँगै सुनिला गुरुङ, ज्योतिप्रकाश, विश्वास नेपालको स्वर रहेको छ ।
गीतले छिमेकी सीमा अतिक्रमण गरेका विषयलाई उठाएको छ । सुस्ता, कालापानी, लिपुलेकका भूभाग नेपालकै हो सोही भूमि नेपालले फिर्ता ल्याउनका लागि नेपालीहरु एकजुट हुनुपर्छ भन्ने सन्देश गीतले दिन खोजेको छ ।
गीतको म्यूजिक भिडियो पनि बनेको छ । जसमा लबकुमार भट्ट, सुनिला गुरुट्ट, दीपसागर थापा, मौसम गुरुङ, ज्योतिप्रकाश, विश्वास नेपाल, सुमन पण्डित, विनिता गुरुङ, पूजा गुरुङ लगायतको अभिनय छ । भिडियो छायाँकन एवं निर्देशन सुमन पण्डितले नै गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
-
अर्जेन्टिनामा ६० वर्षीय महिला बनिन् मिस ब्युनस आयर्स
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी