रौतहटमा क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीमाथि ढुंगामुढा, दोषीमाथि कारवाही नभए काम नगर्ने चेतावनी
रौतहट । कोरोनाभाइरसबिरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थकर्मीमाथि ढुंगामुढा गर्नेमाथि कारवाहीको माग गर्दै रौतहट क्वारेन्टाइनमा खटिएका स्वास्थकर्मी आन्दोलित बनेका छन् । भारतीय सीमानासँग जोडिएको रौतहटको ईशनाथ नगरक्षेत्रमा रहेको क्वारेन्टाइनमा खटिएका स्वास्थकर्मी आन्दोलित बनेका हुन् ।
ईशनाथ नगरपालिका वडा ६ जोकहागाँउमा तीन दिन अघि स्थानीय दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितलाई गाउँकै एक मदरसामा राखेर उपचार गर्नुपर्ने माग गर्दै केही स्थानीयले सुरक्षाकर्मीसँगै स्वास्थकर्मी माथि ढुुंगामुढा गरेका थिए ।
आफनो ज्यान थातीमा राखेर बिरामीको सेवा गर्दा गर्दै आफुुहरु सुरक्षित नरहेको भन्दै नगर स्वास्थ्य संयोजक ईशराजुुल खानले एक विज्ञप्ति जारी गर्दै शनिवार साँझदेखि आन्दोलनमा उत्रेको जानकारी दिएका छन् ।
पहिलो दिनको आन्दोलनमा हिजो साँझ नगरपालिका अगाडी केही बेर धर्नामा बसेर प्रदर्शन गरिएको थियो । आज फेरि बैठक बसेर आन्दोलनको कार्यक्रम अगाडी बढाउने संयोजक खानले रातोपाटीलाई जानकारी दिएका छन् ।
‘ढुुंगामुढा गर्ने दोषीलाई स्थानीय प्रशासनले कार्वाही नगरेमा हाम्रो आन्दोलनको बेवास्ता गरेमा हामी सामुहिक रुपमै नगरभरका सबैजना स्वास्थकर्मी क्वारेन्टाइनमा काम गर्ने छैनौँ,’ संयोजक खानले चेतावनी दिएका छन् ।
दोषीलाई कारवाहीका साथै सबै स्वास्थकर्मीको सुरक्षाको जिम्मा स्थानीय प्रशासनले लिनुुपर्ने माग पनि रहेको संयोजक खानले बताएका छन् ।
यता, जिल्ला सुरक्षा समितिका संयोजक रौतहटका सिडिओ बाशुदेव घिमिरेले स्वास्थकर्मीमाथि ढुुंगामुढा गर्नेलाई कार्वाही गर्न पहल भइरहेको र स्वास्थकर्मीको सुरक्षाको जिम्मा पनि लिने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनका कार्यक्रम स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
-
सुन तस्करी विवादमा मुछिएका सहसचिव अधिकारीको बागमती प्रदेशमा सरुवा
-
प्रधानमन्त्री ओली र फुटबल लिजेन्ड रोबर्टो कार्लोसबिच भेट (तस्बिरहरु)
-
प्रतिनिधिसभाको बर्खे अधिवेशनका बैठक शनिबार बाहेक सबै दिन बसाल्न प्रस्ताव
-
राजदूतद्वय नेपाल र पण्डितलाई माल्टा र साइप्रसको पनि जिम्मेवारी
-
प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघबाटै पठाइने