बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

३५ वर्षीय युवाको कोरोनाबाट मृत्यु भएपछि चिकित्सकको टोली दैलेखमा

आइतबार, १८ जेठ २०७७, ११ : ३१
आइतबार, १८ जेठ २०७७

जुम्ला । दैलेखका एक युवाको क्वारेन्टाइनमै कोरोनाका कारण मृत्यु भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आजबिहानै त्यसतर्फ प्रस्थान गरेको छ । 

प्रतिष्ठानले डाक्टरद्वय दिनेश शाही, डा.रोज्निम प्रधान र जनस्वास्थ्य विज्ञत्रय प्रेम पन्त, निशान्त लामा, प्रतिमा न्यौपानेसहितको टोली दैलेख प्रस्थान गरेको हो । 

शनिबार दुल्लु नगरपालिका ७ पटाङ्गिनी बजारस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवाको कोरोनाका कारण मृत्यु भएको थियो । घटनापछि सो क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्न नदिन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली त्यसतर्फ पठाइएको प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।

कर्णाली प्रदेश सरकारको समन्वयमा टोली दैलेख पठाइएको उनले बताए । “चिकित्सक एवं स्वास्थ्यकर्मीको टोली करिब एक महिनाका लागि दैलेख पठाइएको छ, रजिष्ट्रार काफ्लेले भने, “टोलीले त्यहाँको अस्पतालको निर्देशनमा खटाएको ठाउँमा समुदायस्तरमा पुगेर मेडिकल उपचारदेखि जनस्वास्थ्य सेवा प्रदान गर्नेछ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप