शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले बनाउन सक्छ २ अर्बभन्दा बढीलाई बेरोजगार

आइतबार, १८ जेठ २०७७, ११ : १७
आइतबार, १८ जेठ २०७७

कोरोना भाइरसको महामारीका कारण विश्वको अर्थव्यवस्थामा गतिलो झट्का लागेको छ । १९३० मा आएको मन्दीभन्दा पनि कोरोनाले सिर्जित मन्दी खतरनाक हुनसक्ने अनुमान गरिएको छ । 

यस्तोमा बेरोजगारी पनि चरम हुनसक्छ । बोस्टन कन्सटल्टिङ ग्रुप (बिसिजी) द्धारा गरिएको एक सोधअनुसार संसारको काम गर्ने जनसंख्याको आधा अर्थात् झन्डै २ अर्ब मानिस बेरोजगार हुनसक्छन् । 

आफ्नो रिपोर्टमा बिसिजीले इन्टरनेशनल लेबर अर्गनाइजेशन (आईएलओ) को विश्लेषणको हवाला दिएका छन् । वैश्विक कार्यबलमा हुनेवाला परिवर्तनलाई नजरअन्दाज गर्नु कठिन छ । यसवर्ष वैश्विक श्रम आय घाटा ३ दशमलव ४ ट्रिलियन अमेरिकी डलरसम्म पुग्नेछ । 

६ मध्ये एक व्यक्तिले गुमाउनेछन् नोकरी 
यस रिपोर्टकाअनुसार आगामी दुईदेखि तीन महिनामा संसारमा ६ मध्ये एक कामकाजी व्यक्तिले आफ्नो नोकरी गुमाउनेछन् । 

वैश्विक बेरोजगारीको दर १७ प्रतिशतभन्दा बढी हुनेछ । 

श्रम बजारमा कोरोना संकटको प्रभाव उद्योगहरुमा फरक–फरक तरिकाको हुनेछ । 

संक्रमण रोक्नका लागि उठाइएका लकडाउन तथा क्वारेन्टाइनजस्ता कदमको कारण धेरै मानिस प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । संसारभर गैर खाद्यक्षेत्र, विनिर्माण, पर्यटन, होटललगायत क्षेत्रमा धेरै रोजगारी गुम्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप