बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल–भारत सीमामा भारतीयद्वारा सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास

आइतबार, १८ जेठ २०७७, ०९ : ५३
आइतबार, १८ जेठ २०७७

काठमाडौँ । सर्लाहीका विष्णु गाउँपालिका– पकडीस्थित दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । झडपको क्रममा मानवीय क्षति भएको छैन ।

३०–४० जनाको भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर समेत गरेको छ । भारतीय नागरिकको समूहले हुल बाँधेर प्रहरीको हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गरिएको सशस्त्रका प्रवक्ता प्रविण कुमार श्रेष्ठले जानकारी दिए ।

भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको श्रेष्ठले रातोपाटीलाई बताए ।

हवाई फायरपछि भारतीय समूह तितरवितर भएको र स्थिति सामान्य बनेको छ । सो क्षेत्रमा अहिले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप