शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसः मृत्युदरमा ब्राजिलले फ्रान्सलाई उछिन्यो

आइतबार, १८ जेठ २०७७, ०९ : २३
आइतबार, १८ जेठ २०७७

ब्राजिलमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २८ हजार ८ सय ३४ पुगेको छ । यो आँकडा अनुसार ब्राजिल अब कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित देशको चौथो सूचीमा आइपुगेको छ । यसमा ब्राजिलले फ्रान्सले उछिनेको छ । फ्रान्समा हालसम्म कोभिड–१९ का कारण २८ हजार ७ सय ७७ को मृत्यु भएको छ ।

शनिबार ब्राजिलमा कोरोनाभाइरसका ३३ हजार २ सय ७४ नयाा संक्रमित भेटिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ हालसम्म पाँच लाख संक्रमित भेटिइसकेका छन् ।

संक्रमितको यो आँकडा त्यतिबेला सार्वजनिक भएको हो जब देशको सबैभन्दा ठूलो र धनी शहर साओ पाउलोका गभर्नरले सोमबारदेखि शहरको अर्थव्यवस्था पुनः सुचारु गर्ने निर्णय लिएका छन् ।

बीबीसीकी दक्षिण अमेरका संवाददाता केटी वाटसनका अनुसार कोभिड–१९ को बढ्दो संक्रमितका कारण देशभरीका अस्पतालमा भारी दबाब छ र केही राज्यमा त स्वास्थ्य व्यवस्था विचलित भएको छ । यद्यपि, जानकारका अनुसार देशमा कोरोनाको चरम स्थिती अहिल्यै नै आइसकेको छैन ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप