केन्द्रीय संस्करण

प्रतिरोधक क्षमताको लागि खानपान र आचरण

person explore access_timeजेठ १८, २०७७ chat_bubble_outline1

ऋषि परम्परामा आधारित र पुस्तौंको अनुभवबाट शोधित हाम्रो सनातन धर्म कुनै पन्थ होइन, यो त स्वस्थ्य र आदर्श जीवन पद्धति हो । संस्कृत भाषा कोषहरु अनुसार धर्म शब्दको अर्थ नै समयनुसार र आवश्यकतानुकुल अपनाइने स्वस्थ आचरण हो । कल्याणकारी क्रिया कलाप हो ।

हाम्रा सनातन परम्परामा स्वास्थ्य रक्षाको लागि  आवश्यक नीति नियम र आचरणहरु छन् । विहान ब्रह्ममुहूर्तमा उठ्नु, उठेर  नियमित योगासन, प्राणयाम तथा ध्यान गर्नु ,मंगल कामनाका साथ इष्टदेवको प्रार्थना गर्नु ,घरमा शङ्ख घण्ट बजाउनु,  सत् सङ्कल्प गर्नु, सूर्य नमस्कार गर्नु,  विहान खाली पेटमा तुलसीको पानी खानु,  घर आँगन सफासुग्घर राख्नु , गाई, काग, कुकुर र  अतिथिलाई खान दिएर पछि आफू खानु, जथाभावी नखानु, जनावरलाई घरभित्र पस्न नदिनु, साकाहारी जीवन बिताउनु, अरुको जुठो नखानु, हात खुट्टा धोएर मात्र घरभित्र पस्नु, तामाको भाँडामा राखेको पानी पिउनु, खाना पकाउँदा नुहाएर सफा लुगा फेरेर मात्र खाना बनाउनु,सफा कपडा लाएर हात धोएर, सफा ठाउँमा बसेर खाना  खानु, खादा नबोली खानु, असल र निर्दोष काम र मूलतः जुनसुकै काम गर्दा पनि यज्ञ भावनाले गर्नु  आदि धेरै कुराहरु छन् । जसबाट हामी हाम्रो मानसिक र शारीरिक स्वास्थ्य रक्षा गर्न सक्छौं । हाम्रा पूर्वजहरुले  स्वास्थ रक्षाका लागि अपरिहार्य यिनै सफा शुद्ध आचरणलाई धर्मसँग जोडेर जनसामान्यहरुमा  स्वास्थ्य रक्षाको आवश्यक नियमका रुपमा पुस्तानुपुस्ता हस्तान्तरण गर्दै आएका कुरा आज हामी विस्तारै बुझ्दै छौं र त्यसको महत्वबोध गरिरहेका छौं ।


हाम्रा पूर्वजहरुले  स्वास्थ रक्षाका लागि अपरिहार्य यिनै सफा शुद्ध आचरणलाई धर्मसँग जोडेर जनसामान्यहरुमा  स्वास्थ्य रक्षाको आवश्यक नियमका रुपमा पुस्तानुपुस्ता हस्तान्तरण गर्दै आएका कुरा आज हामी विस्तारै बुझ्दै छौं र त्यसको महत्वबोध गरिरहेका छौं ।


बालबालिकाको पनि मुखमा म्वाइँ नखाने, आपसमा कसैले कसैले जुठो नखाने, सुत्दा बस्दा भौतिक दूरी राख्ने, बोल्दा आफ्नो मुखको छिटा कसैमा नपरोस् भनेर सावधान रहने । हाँच्छ्यूँ गर्दा रुमालले वा जे साधन उपलब्ध छ त्यसले नाकमुख छोप्ने । खाँदा बस्दा अनायास छँयू नआओस् भन्नेमा विशेष सावधान रहने । भान्छामा संगै बस्ने सगै उठ्ने हाम्रा सनातन परम्पराका सनातन नियम रहिआएका हुन् । यसको महत्व आज पनि यथावत् देखिन आएको छ ।

अहिले कोरोनाले विश्व नै त्रसित भएको अवस्था छ । यस्ता महामारीसँग  लड्नको लागि शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुभन्दा अरु विकल्प अहिले देखिएको छैन । हाम्रो भान्छामा नियमित प्रयोग हुने जीरा, मरिच, बेसार,धनियाँ दालचिनी र दैनिक रुपमा प्रयोग गरिने ल्वाङ, तुलसी, मह पिपला, अदुवा, असुन,  कागती, टिमुर, आदिले पनि हाम्रो रोग प्रतिरोधक क्षमता बढाइरहेका हुन्छन्छ । खानाको साथ साथै हामीले घरमा बसेर गर्न सकिने केही प्राकृतिक  केहि कुराहरु गर्नाले पनि हामीमा अझै थप रोग प्रतिरोधक क्षमता बढाउन मद्दत गर्छ ।  

विहान उठेर सूर्यको दर्शन गर्नु पानी चढाउनु पनि  धर्मको माध्यमबाट स्वास्थ्य रक्षाको लागि  उपयोगमा ल्याइने नियम हो ।  सम्पूर्ण भौतिक जीवन सूर्यमा नै निर्भर छ । स्वस्थ जीवन जीउनका लागि सूर्यको सहायता अत्यन्त आवश्यक छ । यसै महत्वलाई सम्झेर हाम्रा  पूर्वजहरुले सूर्यको उपासनालाई धार्मिक स्थानमा नियमन गरेर राखेका छन् । विहानको सूर्यको किरणमा रोगनाशक शक्ति हुन्छ । भिटामीन डी प्राप्त हुन्छ । टिवीको विरामी, हड्डीको विरामी, कमजोरी, जोर्नीका दुखाई लगायत धेरै रोगहरु सूर्य स्नानबाट गर्नाले निको हुन्छन् । विहानको समयमा सूर्यलाई पानी चढाउँदा यस्ता धेरै रोगबाट बच्न सकिन्छ। वास्तवमा सूर्यलाई पानी चढाउँदा फाइदा हुने कुरामा धार्मिक आस्था त जोडिएकै छ, त्यसभन्दा पनि मूलतः त्यो क्रियाका दौरान सूर्यको किरणमार्फत् शरीरले प्राकृति रुपमा नै भिटामीन डी पनि ग्रहण गर्ने मौका पाउने गर्छ । कुनै पनि रोगसंग  लड्नको लागि पनि भिटामिन डि को अत्यन्त ठूलो भूमिका रहेको पाइन्छ । कोरोनासंगको लडाइँ पनि यसको अपवाद होइन । सूर्य सेवनले रोग प्रतिरोधक क्षमता बढाउँछ ।


विहानको सूर्यको किरणमा रोगनाशक शक्ति हुन्छ । भिटामीन डी प्राप्त हुन्छ । टिवीको विरामी, हड्डीको विरामी, कमजोरी, जोर्नीका दुखाई लगायत धेरै रोगहरु सूर्य स्नानबाट गर्नाले निको हुन्छन् । विहानको समयमा सूर्यलाई पानी चढाउँदा यस्ता धेरै रोगबाट बच्न सकिन्छ। वास्तवमा सूर्यलाई पानी चढाउँदा फाइदा हुने कुरामा धार्मिक आस्था त जोडिएकै छ, त्यसभन्दा पनि मूलतः त्यो क्रियाका दौरान सूर्यको किरणमार्फत् शरीरले प्राकृति रुपमा नै भिटामीन डी पनि ग्रहण गर्ने मौका पाउने गर्छ । कुनै पनि रोगसंग  लड्नको लागि पनि भिटामिन डि को अत्यन्त ठूलो भूमिका रहेको पाइन्छ । कोरोनासंगको लडाइँ पनि यसको अपवाद होइन । सूर्य सेवनले रोग प्रतिरोधक क्षमता बढाउँछ ।


हाम्रा सनातन परम्रामा पीपल र तुलसीलाई पवित्र वृक्ष वनस्पति मानिन्छ । पिपलवृक्षबाट रातोदिन प्राणवायु प्रवाहित रहने कुरा आज आएर प्रमाणित भएको छ । आयुर्वेदमा पीपलका विभिन्न अवयवहरुको उपयोग गरेर मूल्यवान् औषधिहरु गुणहरु अनगिन्ती भेटिएका छन् । पीपल र तुलसीको वातावरणमा बस्नु मात्रले पनि वहुआयामिक रुपमा स्वास्थ्य लाभ गर्न सकिन्छ । ठाउँ ठाउँमा बरपीपलको चौतारो लाउनु र घर घरमा तुलसी बन व्यवस्थित राख्नु हाम्रो सनातन गृहस्थ परम्परा नै हो ।

तुलसीले श्वास प्रश्वासको रोग, आस्थमा, ब्रोनकाइटिस आदिमा अत्यन्त लाभ गर्छ, रगतमा भएको विकृति हटाएर स्वास्थ्यलाई  सन्तुलनमा ल्याउँछ । तनाब कम गर्छ । घाटीको रोग लाग्न दिदैन ।  रोग प्रतिरोधक क्षमता बढाउँछ । 

आयुर्वेदका अनुसार शाकाहारीहरुमा संक्रामक रोगहरुको आक्रमण तुलनात्मक रुपले कमै हुन्छ । योग दर्शन अनुसार मन र शरीरको सन्तुलनका लागि पनि शाकाहार उपयोगी छ । शाकाहारीहरु संयमित हुन्छन् । जस्तो आहार त्यस्तै विचार, त्यस्तै व्यवहार भन्ने हाम्रा ऋषिमुनिहरुको भनाइ निराधार होइन । शान्त सौम्य र तपस्वी जीवनका लागि त शाकाहार बाहेक अन्य आहार उपयुक्त हुनै सक्दैन । शाकाहार हाम्रो सनातन धर्म संस्कृतिको अति उत्तम प्राप्ति हो । अहिले आएर विभिन्न वैज्ञानिक शोधहरुबाट पनि शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मांसाहार भन्दा शाकाहारउत्तम रहेको दावी गर्दै आएको पाइन्छ । मासंहारहरुमा भन्दा शाकाहारीहरुको रोग प्रतिरोधक क्षमता बढी भएको अनुभवजन्य जानकारी आज धेरैले पस्केका छन् ।

https://img.webmd.com

शान्त सौम्य र तपस्वी जीवनका लागि त शाकाहार बाहेक अन्य आहार उपयुक्त हुनै सक्दैन । शाकाहार हाम्रो सनातन धर्म संस्कृतिको अति उत्तम प्राप्ति हो । अहिले आएर विभिन्न वैज्ञानिक शोधहरुबाट पनि शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मांसाहार भन्दा शाकाहार उत्तम रहेको दावी गर्दै आएको पाइन्छ ।


विहान विहान सधैं नुहाँउदा छालाको साना साना प्वालहरु खुल्छन् । नियमित स्नानले रगतको गतिलाई राम्रो बनाउँदछ । दिमाग तेज बनाउनमा पनि मद्दत गर्छ । हर्मोनको सन्तुलनको लागि पनि नियमित स्नानले प्रत्यक्ष फाइदा गर्छ । रोग प्रतिरोधक क्षमता बढाउँदछ ।

हाम्रा पूर्वजहरुका स्थापना अनुसार दैनिक पूजा आराधनाबाट मन शान्त हुन्छ। आत्म विश्वास बढ्छ। सकारात्मक सोचको विकास हुन्छ । दिनभरीको लागि उर्जा संगठित गर्न सहयोग मिल्छ । श्रद्घा र भावपूर्ण रुपले गरिएको पूजाले आध्यात्मिक उन्नति पनि हुन्छ । शङख र घण्टको आवाजले  घरमा नकारात्मक उर्जा रहन दिँदैन । सकारात्मक सोचले पनि रोग प्रतिरोधक शक्ति बढ्छ । आयुर्वेदका माध्यामबाट गहिरिएर अध्ययन मनन गर्दा पूजा प्रार्थना पनि प्रभावकारी थेरापी हो भन्ने समेत थाहा पाउन सकिन्छ । अर्थात पूजाको थेरापीगत महत्व पनि छ ।

प्राणायाम फोक्सोको व्यायाम हो । त्यति मात्र नभएर प्राणायामबाट पूर्ण मात्रामा पाइने प्राण वायुले हाम्रो रगत शुद्घ हुन्छ र स्वास्थ्य तरोताजा रहन्छ । हामीले पनि विहान अथवा बेलुका केही समय निकालेर प्राणायाम गर्न अत्यन्त आवश्यक छ। पाचन तन्त्र स्वस्थ रहन्छ । मुटु फोक्सो र मस्तिष्कको रोग हट्छ। स्मरणशक्ति बढ्छ । मनको चन्चलता घट्छ, एकाग्रता बढ्छ । रोग प्रतिरोधक क्षमता बढ्छ।

मुद्रा भनेको हात र शरीरको एक किसिमको स्थिति हो जसलाई हामी शक्ति केन्द्रको प्रतीक पनि भन्न सक्छौं । मुद्रा शरीर भित्र प्राणीक शक्तिको संचार माध्याम र पंञ्च तत्वका सन्तुलन कारक पनि हो । यसले चेतन र अवचेतन मनका बीच सन्तुलन ल्याउँछ । मुद्राले आन्तरिक प्राण शक्तिको जागरण गर्छ ।  विशेष गरी प्राण मुद्राले रोग प्रतिरोधक क्षमता बढउँछ ।

https://images.mix.com

नमकिन जलको नेती गर्दा  नाक घाटीको सफाइ हुन्छ । फोक्सोमा जमेको कफ निक्लन मद्दत गर्छ । साइनोसाइटिस्, एलर्जी,  ब्रोनकाइटिस् आस्थमा रोगमा नेती अत्यन्त लाभदायक मानिन्छ । अनिन्द्रा र थकावटमा पनि नेती फाइदाजनक हुन्छ ।  रुघाखोकी लाग्दा नेती जस्तो राम्रो उपचार अरु हुन सक्दैन ।


नेती क्रिया आयुर्वेदको षटकर्म विधि अन्तर्गत पर्दछन् । नेती २ किसिमका छन् १) जल नेती  २) सूत्र नेती । जल नेतीमा जलको प्रयोग गरिन्छ  र सूत्र नेतीमा धागोको प्रयोग गरिन्छ । हिजोआज सूत्र नेतीका लागि उपयोगी रवर सूत्रहरु वजारमा पाइन्छन् । नमकिन जलको नेती गर्दा  नाक घाटीको सफाइ हुन्छ । फोक्सोमा जमेको कफ निक्लन मद्दत गर्छ । साइनोसाइटिस्, एलर्जी,  ब्रोनकाइटिस् आस्थमा रोगमा नेती अत्यन्त लाभदायक मानिन्छ । अनिन्द्रा र थकावटमा पनि नेती फाइदाजनक हुन्छ ।  रुघाखोकी लाग्दा नेती जस्तो राम्रो उपचार अरु हुन सक्दैन । भनिन्छ कोरोनाले पहिले नाकमा संक्रमण गर्छ । नेतीले नाकमा संक्रमण हुन दिदैन ।

नियमित दिनचर्यामा अपरिहार्य कुराहरुका चमत्कारिक फाइदाहरु हाम्रा पूर्वजहरुले नयाँ पुस्तालाई पाप र धर्मसंग मात्र जोडर बताउनु भएको पाइन्छ । यसो गर्नुको तात्पर्य जनसामान्यलाई धर्मकै आधारमा भए पनि स्वास्थ्यका अत्यावश्यक नियम सिकाउनु नै थियो। यो पनि समाजमा देखिने विभिन्न किसिमका नकारात्मक विकृतिलाई रोक्ने आधार नै थियो ।  ठूलो अंकुश थियो । त्यो लामो व्यवहार र अनुभवले सिद्ध गरेका व्यवहारिक ज्ञानमा आधारित थियो । तर अहिलेका नयाँ पुस्तालाई तत्काल प्रयोग शालामा  पुस्टि नभएका कुरा हम्मेसि मान्य हुँदैन ।   

हाम्रो सनातन जीवन प्रकृतिको नजिक थियो । गोपालन गरिन्थ्यो दूध, दही, मोही, घिउ जस्तो स्वास्थ्यप्रद कुरा खानामा सम्मिलित रहन्थ्यो । लाग्छ विगतको प्राकृतिक जीवनमा आजको शहरी जीवनमा जस्तो थरी थरीका रोगहरुको प्रवेश थिएन । कुनै रोग लागि हाले पनि आफ्नै घर आगनका जडिबुटी औषधि उपचारबाट निको पारिन्थ्यो । यसरी हेर्दा विगतमा हाम्रो  स्वास्थ्य हाम्रो आफ्नै हातमा थियो । प्राकृतिक जीवन खानपान र रहनसहनले गर्दा रोगहरु सजिलैसंग निमन हुन्थे । यी सबै कुराबाट हामी आज टाढिएका छौं र आधुनिकताको फरक अवस्थामा छौं । बासी खान राम्रो मानिँदैनथियो । पकाएको वस्तु भोलि पल्ट राखेर खाने चलन थिएन । अरुले प्रयोग गरेको  रुमाल, कपडा  जुत्ता प्रयोग गर्ने चलन थिएन । गाईको गोवरले घर आगन लिप्ने चलन थियो।  गाईको दूध, दही, मोही र घिउ भोजनमा थोरै रहे पनि सम्मिलित रहन्थ्यो । यो सबै हाम्रा पूर्वजहरुको परम्परागत रुपमा उपयोग गरिआएको जीवनशैली थियो । यसरी हाम्रो परम्परामा दैनिकीमा ल्याइन हरेक क्रियाकलापलाई स्वास्थ्य रक्षासंग जोड्न खोजिएको पाइन्छ ।  हामी आजका दिनमा विस्तारै फेरी त्यसको  महत्ववोध गर्दै आएका छौं ।

https://images.indianexpress.com

हाम्रो सनातन जीवन प्रकृतिको नजिक थियो । गोपालन गरिन्थ्यो दूध, दही, मोही, घिउ जस्तो स्वास्थ्यप्रद कुरा खानामा सम्मिलित रहन्थ्यो । लाग्छ विगतको प्राकृतिक जीवनमा आजको शहरी जीवनमा जस्तो थरी थरीका रोगहरुको प्रवेश थिएन । कुनै रोग लागि हाले पनि आफ्नै घर आगनका जडिबुटी औषधि उपचारबाट निको पारिन्थ्यो ।  गाईको दूध, दही, मोही र घिउ भोजनमा थोरै रहे पनि सम्मिलित रहन्थ्यो । यो सबै हाम्रा पूर्वजहरुको परम्परागत रुपमा उपयोग गरिआएको जीवनशैली थियो । यसरी हाम्रो परम्परामा दैनिकीमा ल्याइन हरेक क्रियाकलापलाई स्वास्थ्य रक्षासंग जोड्न खोजिएको पाइन्छ । 


हाम्रा सनातन परम्परालाई प्रतिगामी एवम् अन्धविश्वासी भन्नु आज फेसन भएको छ । तथाकथित बुद्विवादी आधुनिकताको  जोसमा हाम्रा सनातन पराम्परालाई निरपेक्ष रुपामा गाली गरेको र यसलाई प्रगतिको अवरोध भनेको पनि हामी सुन्छौं । तर गम्भीर भएर सोच्ने हो भने आस्था विश्वासले नीति मर्यादामा चल्न सिकाउँछ, भौतिक लोभ लालचालाई घटाउँछ । क्रोध, मोह, हत्या, हिंसा, नकारात्मक भावनालाई घटाउँछ । जीवनमा संयमित हुनको लागि उत्पे्ररित गर्छ । दया, माया, करुणा, प्रेम जस्ता सकारात्मक सोचको विकास गर्छ । श्रेष्ठ र सद्गुणी वन्न प्रेरणा दिन्छ ।

प.श्रीराम शर्मा आचार्यले भन्नु भएको छ “शरीरलाई भगवानको मन्दिर सम्झेर यसको देखभाल गर्नु हाम्रो पहिलो कर्तव्य हो ।” जिन्दगीमा जतिसुकै पैसा पैसा भनेर  भाग दौड गरे पनि हामी चिताको अगाडि भाग्न सक्दैनौं । हामी सबै धन उपार्जनका लागि दगुरिराखेका छौं, सबै दौडिराखेको बेला हामी पनि संगसंगै दौडिराखेका छौं। हामी आफैलाई थाहा नहुन सक्छ,  कति बेलाबाट हामी यस दौडमा सहभागी भइरहेका छौ । कहाँ पुगेर आकांक्षाको मन्जिल भेटिन्छ । हामी निरन्तर दगुरिरहेका छौं । अहिले विश्वव्यापि कोरोनाले जताततै मनमा डर नै डर  भरिदिएको छ । असुरक्षाले सताइरहेको छ । कति बेला के हुने हो भन्ने त्रासदिपूर्ण अवस्था छ । आपत्तिकालको यस घडीमा एक मात्र छहारी दृढ आत्म विश्वास र आफ्नो असल आनीबानीप्रतिको विश्वास नै हो । यस्तो स्थितिमा हामी डराएर र कुहिराको काग जस्तै हराएर विभिन्न समाचारहरुमा रुमल्लिइ रहनु भन्दा सकारात्मक सोच्ने प्रयास गरौ । यो अँध्यारोको समयमा उज्यालोको कल्पना गरौं। उज्यालोको प्रतिमूर्ति सूर्यको प्रात:स्नान गरौं । योग, प्राणायाम, मुद्रा, जप, ध्यान गरौं । स्वाध्याय गरौं । प्राकृतिक आहार लिऔं । आपत्तिलाई आन्तरिक उर्जा प्राप्त गर्ने र जागृत गर्ने अवसरको रुपमा उपयोग गरौं । आफूलाई सकारात्मक दिशामा रुपान्तरण गरौं ।  अहिले देशमा लकडाउन भएको छ, यसै बेला नयाँ दिनचर्या बनाउने कोसिस गरौं । आफूभित्र भएको शक्तिलाई उजागर गरौं ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. May 31, 2020, 10:38 a.m. sharmila
    very good article. we all should follow it. thank you very much for the nice article.
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.