बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जान्नुहोस्, अहिलेसम्म कहाँ पुगेन कोरोना, कसले जिते युद्ध ?

आइतबार, १८ जेठ २०७७, ०८ : २९
आइतबार, १८ जेठ २०७७

कोरोना भाइस नियन्त्रण अहिले विश्वको सबैभन्दा ठूलो चुनौति हो । विश्वभर कुल ६० लाखभन्दा धेरैमा कोरोना देखिइसकेको छ । 

त्यसमध्ये, ३ लाख ६७ हजारले ज्यान गुमाइसकेका छन् । पछिल्लो आँकडाअनुसार २६ लाख ८८ हजार जनाभन्दा धेर संक्रमित निको भइसकेका छन् ।  कोरोना संकटले विश्वलाई घेरेका बेला विश्वका केही देश र टापु त्यस्ता पनि छन् , जहाँ अहिलेसम्म संक्रमित देखिएको छैनन् । 

यहाँ छैन कोरोना 
उत्तर कोरिया, तुर्केमिनिस्तान, सामोआ, पालाउ, नारु, माइक्रोनेसिया, मार्सल आईल्यान्ड, किरीबाटी, सोलोमन आइल्यान्ड, टोंगा, ताभालु र भानुआतुमा अहिलेसम्म कोरोनाको संक्रमण भेटिएको छैन । 

मृत्यु बिना नै युद्ध जित्नेहरु 
फेइरो आइल्यान्डमा १ सय ८७ जनामा कोरोना देखिएको थियो, उपचारपछि सबै ठिक भइसकेका छन् । 

फ्रेन्च पोलिनेसयामा ६० जनामा संक्रमण देखिएको थियो, अहिले सबै ठिक छन् ।

मकाओमा ४५ जनामा संक्रमण देखिएकोमा ४५ जना नै निको भए । त्यस्तै, इरिट्रीमा ३९, टिमोरलेस्टेमा २४, सेन्ट लुसियामा १८, डोमिनिकामा १६, सेन्ट किट्स एन्ड नेभिसमा १५, फकल्यान्ड टापुमा १३, सेइचिल्लिसमा ११, पपुवा न्यु गिनियामा ८, क्यारेबियन नेदरल्यान्डमा ६, सेन्ट बार्थमा ६, एन्गुइल्लामा ३  र सेन्ट पिर्रे मिक्युलोनमा १ जनामा कोरोना देखिएकोमा सबैलाई ठिक भइसक्यो । 

स्रोत – वल्र्डोमिटर
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप