बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आइतबारको मौसम पूर्वानुमान

आइतबार, १८ जेठ २०७७, ०८ : ००
आइतबार, १८ जेठ २०७७

मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । यसका साथै, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको भने स्थानीय वायुको पनि प्रभाव  रहेको छ।

यसैगरी, महाशाखाले हाल देशभरी नै सामान्य बदली भइरहेको र केही स्थानमा हल्का वर्षा भइरहेको जानकारी दिएको छ ।  

यस्तै, आइतबार दिउँसो देशका धेरै स्थानहरुमा सामान्य बदली हुने पूर्वानुमानमा उल्लेख छ । देशका केही स्थानहरुमा भने मेघगर्जन, चट्याङ, हावाहुरीसहित  वर्षाको  सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ । 

महाशाखाले जारी गरेको पूर्वानुमानमा आइतबार राति  पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदलीको सम्भावना रहेको छ । भने अन्य क्षेत्रहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ । 

यस्तै, पूर्वी भूभागका केहि स्थानहरुमा लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा भने मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप