सल्यानका २२ र कालिकोटका १८ सहित कर्णाली प्रदेशमा एकैदिन ६३ जनामा कोरोना संक्रमण पुष्टि
-उपेन्द्र न्यौपाने
कर्णाली प्रदेशमा एकैदिन ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा ३ वटा नयाँ जिल्ला नयाँ हुन् । जसमा कालिकोट, सल्यान र बाजुरा जिल्ला रहेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कारोना परीक्षणमा ३७ जनामा कोरानाभाइरस संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार बिश्वराज काफ्लेले जानकारी दिए ।
उनका अनुसार शनिबार रातिसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमण पुष्टि हुनेहरुमा कालिकोटका १८ र दैलेखका १८ र बाजुराका १ जना रहेका छन् ।
यस्तै प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २२ र सुर्खेतका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको कूल संख्या १२३ पुगेको छ ।
आजै पर्सामा पनि थप ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी सबै संक्रमितको केन्द्रीय स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा जानकारी दिन बाँकी रहेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार अपरान्ह गरेको पत्रकार सम्मेलनमा देशभर १४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो । यस्तै २१९ जना निको भएर घर फर्किएका छन् । हालसम्म ७ जनाको कोरोनाका कारण मृत्यु समेत भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खेलकुद भित्रको राजनीतिले गर्दा वितृष्णा भइरहेको छ : खेलकुदमन्त्री श्रेष्ठ
-
सूचना संयन्त्र कमजोर हुँदा संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेको निष्कर्ष
-
खेलाडी पलायन निराकरण गर्न मन्त्री श्रेष्ठसँग आग्रह
-
विराट गोल्डकपको तयारी तीव्र
-
इलाम २ मा सम्पूर्ण ध्यान लगाउने एमाले कोशीको निर्णय
-
इलाम कांग्रेसबाट उपनिर्वाचनका लागि ७ जनाको नाम सिफारिस, आचार्यको नाम पहिलो नम्बरमा