अफगानिस्तानको काबुलमा वम विस्फोट, एक पत्रकारसहित चालकको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु भएको छ । शनिबार अफगानिस्तानको एउटा निजी संस्थाले सञ्चालन गरेको टेलिभिजन च्यानलका कर्मचारी लिएर गुडिरहेको बसमा आक्रमण भएको हो ।
टेलिभिजनका १५ कर्मचारीलाई घर पुर्याउने क्रममा विष्फोट भएकोे कुर्सिद टेलिभिजन च्यानलका निर्देशक जावेद फरादले बताए । आक्रमणको अफगानी गृहमन्त्रालयले पनि पुष्टि गरेको छ । मन्त्रालयले टेलिभिजनको गाडीलाई नै लक्षित गरेर आक्रमण गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कुर्शिद टेलिभिजनको गाडीलाई एक वर्षभित्र भएको यो दोस्रो आक्रमण हो । घटनामा दुई बटुवासमेतको मृत्यु भएको बताइएको छ । सन् २०१९ को अगस्त महिनामा पनि उक्त च्यानलका कर्मचारी बोक्ने गाडीमा यस्तै आक्रमण भएको थियो ।
समाचार तयार पार्दासम्म उक्त घटनाको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन । अफगानिस्तानमा तालिवान समूहसँग अमेरिकाले गरेको युद्धविराम सम्झौतासँगै आक्रमणका घटनाहरूमा कम आएपनि सरकार र विद्रोही पक्षबीच यदाकदा आक्रमणका घटना भने रोकिएका छैनन् । Photo: Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो