केन्द्रीय संस्करण

अफगानिस्तानको काबुलमा वम विस्फोट, एक पत्रकारसहित चालकको मृत्यु

person explore access_timeजेठ १७, २०७७ chat_bubble_outline0

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु भएको छ । शनिबार अफगानिस्तानको एउटा निजी संस्थाले सञ्चालन गरेको टेलिभिजन च्यानलका कर्मचारी लिएर गुडिरहेको बसमा आक्रमण भएको हो । 

टेलिभिजनका १५ कर्मचारीलाई घर पुर्याउने क्रममा विष्फोट भएकोे कुर्सिद टेलिभिजन च्यानलका निर्देशक जावेद फरादले बताए । आक्रमणको अफगानी गृहमन्त्रालयले पनि पुष्टि गरेको छ । मन्त्रालयले टेलिभिजनको गाडीलाई नै लक्षित गरेर आक्रमण गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुर्शिद टेलिभिजनको गाडीलाई एक वर्षभित्र भएको यो दोस्रो आक्रमण हो । घटनामा दुई बटुवासमेतको मृत्यु भएको बताइएको छ । सन् २०१९ को अगस्त महिनामा पनि उक्त च्यानलका कर्मचारी बोक्ने गाडीमा यस्तै आक्रमण भएको थियो ।

समाचार तयार पार्दासम्म उक्त घटनाको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन । अफगानिस्तानमा तालिवान समूहसँग अमेरिकाले गरेको युद्धविराम सम्झौतासँगै आक्रमणका घटनाहरूमा कम आएपनि सरकार र विद्रोही पक्षबीच यदाकदा आक्रमणका घटना भने रोकिएका छैनन् । Photo: Reuters

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.