मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

क्वारेन्टाइनभित्रै एक व्यक्तिले गरे आत्महत्या

शनिबार, १७ जेठ २०७७, २२ : ५१
शनिबार, १७ जेठ २०७७

गुल्मी । गुल्मीको  छत्रकोट गाउँपालिका वडा नम्बर–४ दिगामस्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका छन् । क्यारेन्टाइनमा बसेका परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्ष (एसपी) राजेन्द्रसिंह खड्काले पुष्टि गरेका छन् ।  ।

शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याउने क्रममा रहेको प्रहरी उपरिक्ष (एसपी) खड्काले बताए । आत्महत्या गर्ने परियारको मानसिक सन्तुलन ठिक नभएको हल्ला बाहिर आएको छ, तर पुष्टि भएको छैन । 

अहिले त्यहाँका क्वारेन्टाइनमा कोहि फर्केर नजाने र केहो स्यवंसेवक खटाएर स्कुलमा कोचिएर राख्ने गरेको गुनासो सुनिन थालेको छ । यहाँका एक जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि स्थानीय सरकार आफै गायब भएको क्वारेन्टाइनमा बस्नेहरुको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप