प्रदेश नं २ मा कोरोना सङ्क्रमितको संख्या ५५३ पुग्यो
धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद पोखरेलले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
यसअघि यस प्रदेशमा ९८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यस प्रदेशका आठवटै जिल्लामा एकैपटक सो अवधिमा कोरोना सङ्क्रमित फेलापरेको हो । नयाँ थपिएका ५७ जना सङ्क्रमितमा सप्तरीमा नौ, सिरहामा ११, धनुषामा सात, महोत्तरीमा चार, रौतहटमा १७, बारामा एक र पर्सामा दुई जना छन् ।
यस प्रदेशमा सबैभन्दा बढी रौतहटमा कोरोना सङ्क्रमितको सङ्ख्या १८८ पुगेको छ । पर्सामा तीन भारतीयसमेत गरी १०३, सर्लाहीमा ६२, बारामा ५४, धनुषामा ४९, सप्तरी ४३, महोत्तरी २७ र सिरहा २५ जना कोरोना सङ्क्रमित रहेका छन् ।
स्वाब र क्वारेन्टिनको अवस्था
यस प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्यलाई तीव्र बनाइएको छ । आज एकैदिनमा ९४० जनाको स्वाबको नमूना सङ्कलन गरिएको सचिव डा.घिमिरेले जानकारी गराए । अहिलेसम्म यस प्रदेशमा १२ हजार ५६६ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा नौ हजार ९०९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार १०३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
कोरोना सङ्क्रमितको सङ्ख्या र भारतबाट फर्कनेको सङ्ख्या व्यापकरुपमा बढ्न थालेपछि क्वारेन्टिनको सङ्ख्यामा पनि निरन्तररुपमा वृद्धि भइरहेको छ । यस प्रदेशमा ३७१ वटा क्वारेन्टिनमा २५ हजार ३२२ श्ययाको व्यवस्था गरिएको छ । यतिखेर विभिन्न क्वारेन्टिनमा २० हजार ९३३ जना, होम क्वारेन्टिनमा पाँच हजार ७१३ जना र आइसोलेसनमा ३०८ जना बसेका छन् । आइसोलेसन कक्षमा ७४४ वटा श्ययाको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंका अङ्गरक्षक भनिएकाको परिवारले दायर गरे बन्दी प्रत्यक्षीकरणको रिट
-
दुर्गा प्रसाईँको रिटमा सर्वोच्चले चैत १२ गते निर्णय सुनाउने
-
व्यापारी नरेश अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता
-
सासु–ससुराको स्याहार गर्ने ७५ जना असल बुहारी सम्मानित
-
‘साइज’मा आउँदै वैदेशिक व्यापार, आयात-निर्यातको गिरावट कायमै
-
कामना सेवा विकासद्वारा प्रहरीलाई गोप्रो हस्तान्तरण